अन्य पनि भाजपामा सामेल हुनेछन्ः डा. हिमन्त बिस्व सरमा
अन्य पनि भाजपामा सामेल हुनेछन्ः डा. हिमन्त बिस्व सरमा


गुवाहाटी/नयाँ दिल्ली, 18 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार भने, सत्ताधारी भारतीय जनता पार्टी (भाजपा)-ले राज्यमा नयाँ सदस्यहरू सामेल हुने फेरि अर्को चरण देख्नेछ जसमा विधानसभा चुनाउपूर्व आगामी दुई-तीनअघि केही नेताहरू पार्टीमा सामेल हुने आशा छ। मुख्यमन्त्रीले उपरोक्त मन्तव्य नयाँ दिल्लीमा कंग्रेस सांंसद प्रद्युत बोरदोलोई भाजपामा सामेल भएपछि मीडियासित बातचित गर्ने क्रममा व्यक्त गरेका हुन्।

मीडियासित बातचित गर्दै डा. हिमन्त बिस्व सरमाले भने, नवज्योति तालुकदार सहित केही मानिसहरू जसले कंग्रेसबाट राजीनामा दिसकेका छन्, चाँड़ै औपचारिक रूपमा भाजपामा सामेल हुनेछन्। उनले संकेत दिए, पार्टी आफ्ना उम्मेद्वारहरूको सूची तयार गर्ने अन्तिम चरममा छ जसलाई पछि स्वीकृति प्राप्त हुने आशा छ।

मुख्यमन्त्रीले आगामी चुनाउको लागि पार्टीको तीव्र तयारीमाथि बल दिँंदै भने, नवज्योति तालुकदार वा अन्य मानिसहरू जस्तै धेरैजना मानिसहरू गुवाहाटीमा भाजपामा सामेल हुनेछन्। हामी आज साँझ आफ्ना उम्मेद्वारहरूको सूचीलाई स्वीकृति दिन गइरहेका छौं।

मुख्यमन्त्रीले भने, राजनीतिक फेरबदलको प्रक्रिया कुनै एउटा घटनासम्म सीमित छैन। उनले बताए,आगामी दुई-तीन दिनभित्रमा असमभरिबाट अन्य नेताहरू पनि भाजपामा सामेल हुने आशा छ।

कंग्रेस नेता इमरान मसूद सहित केही विेशेष मानिसहरूको सम्बन्धमा प्रश्न गर्दा मुख्यमन्त्रीले विस्तार पूर्वक टिप्पणी गर्नदेखि अस्वीकार गर्दै भने, म कुनै व्यक्ति विशेषमाथि टिप्पणी गर्न चाहँदिन, किनभने इमरान मसूद को हुन भन्ने कुरा बुझ्नको लागि गुगलमा खोज्नुपर्छ जसको लागि मलाई समय लाग्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande