सांसद सुब्बाले संसदमा पहाडी क्षेत्रहरूमा कृषि सुदृढीकरणको मुद्दा उठाए
indra hang subba


गान्तोक, 18 मार्च (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज कृषि तथा किसान कल्याण मन्त्रालयको अनुदान मागको समर्थनमा लोकसभामा बोल्दै पहाडी क्षेत्रहरूमा कृषि क्षेत्रलाई सुदृढ़ पार्नका लागि प्रमुख चिन्ता र प्राथमिकताहरूमाथि प्रकाश पारे।

सदनमा छलफलका लागि सीमित समय छुट्याइएको भए तापनि सांसद सुब्बाले कृषि उत्पादकता र दिगोपन सुधार गर्ने उद्देश्यले धेरै महत्त्वपूर्ण सुझाउहरू प्रस्तुत गरे। उनले केन्द्रिय मन्त्रीलाई यस क्षेत्रमा नवीनता र क्षमता निर्माणलाई अगाडि बढाउन कृषि अनुसन्धान र शिक्षाको लागि बजेट विनियोजन बढाउन आग्रह गरे।

पहाडी राज्यहरूमा किसानहरूले झेल्नु पर्ने चुनौतीहरूमाथि प्रकाश पार्दै उनले पहाडी क्षेत्रहरूमा सिँचाइको लागि महत्त्वपूर्ण स्प्रिङ वाटर स्रोतहरूलाई पुनर्जीवित गर्न वाटरसेड विकास पहलहरू समावेश गर्न आह्वान गरे। यसरी नै उनले दिगो र जैविक खेती अभ्यासहरूलाई प्रवर्द्धन गर्न देशमा जैविक जैव-स्रोत केन्द्रहरूको संख्या विस्तार गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए।

यसका साथै, सांसद सुब्बाले वन्यजन्तुबाट हुने बालीको क्षतिको मुद्दा पनि उठाए र किसानहरूलाई अत्यावश्यक राहत र सुरक्षा प्रदान गर्न यस्ता क्षतिलाई प्रधानमन्त्री फसल बीमा योजनाको दायरा अन्तर्गत समावेश गर्न अनुरोध गरे। किसानहरूको कल्याणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै उनले देशमा दिगो कृषि वृद्धि र लचिलोपन सुनिश्चित गर्न समावेशी र क्षेत्र-विशिष्ट नीतिहरूको महत्त्वमा जोड दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande