
खरसाङ, 18 मार्च (हि.स.)। यसपाली भारतीय जनता पार्टी (भाजपा) ले खरसाङ विधानसभा चुनाउमा खरसाङ क्षेत्रकै पुत्रलाई टिकट दिने र उक्त व्यक्ति पार्टीभित्रबाटै हुनसक्ने भाजपा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसादले बताएका छन्।
उनले खरसाङमा पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिॅंदै पहाडका तीनवटा विधानसभा समष्टिहरु दार्जिलिङ, कालेबुङ र खरसाङको लागि भाजपाले आज अथवा भोलिभित्र नै उम्मेदवारहरू घोषणा गर्न सक्ने बताए।
उनले यसपाली ढिलो हुनुको कारण माथिल्लो तहमा उम्मेदवारहरूलाई लिएर मन्थन भइरहेको र अब चॉंडै घोषणा हुने बताए। उनले खरसाङ विधानसभामा खरसाङकै पुत्रले टिकट पाउने पनि विश्वसा दिलाए। जिल्ला सचिव प्रसादले पहिले जति काम भयो भएन, तर यसपाली दोब्बर जोशको साथमा काम गर्ने आश्वासन दिए।
उनले चुनावी गठबन्धनलाई लिएर सोधिएको प्रश्नको उत्तरमा भने, गठबन्धनलाई लिएर माथिल्लो तहमा काम भइरहेको छ। यसपाली पनि गठबन्धन नै हुनेछ। उनले यसपाली पनि खरसाङ विधानसभा समष्टिमा भाजपाले चुनाउ जित्ने कुरामा पूर्ण रूपमा आशावादी रहेको बताए। एक प्रश्नको उत्तरमा प्रसादले भने, एसआईआरको कारणले पार्टीलाई नोक्सान हुँदैन, किनभने एसआईआर भाजपाले गरेको होइन। यो त निर्वाचन आयोगले गराएको हो। उनले पश्चिम बंगालमा भाजपाले सरकार गठन गर्ने पनि दाबी गरे।
हिन्दुस्थान समाचार / हनोक