राज्यपालले 'सिक्किम प्रेरणा स्थल' को विस्तारित एवं नवीनीकृत परिसर उद्घाटन गरे
राज्यपालले 'सिक्किम प्रेरणा स्थल' को विस्तारित एवं नवीनीकृत परिसर उद्घाटन गरे


- यो स्थल स्मृतिको केन्द्रका साथै भावी पुस्ताहरूका लागि प्रेरणाको स्रोत बन्नेछ: राज्यपाल

गान्तोक, 18 मार्च (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज पूर्व सिक्किमको बरदाङमा 'सिक्किम प्रेरणा स्थल' को विस्तारित एवं नवीनीकृत परिसर उद्घाटन गरेर राष्ट्रलाई समर्पित गरे। भारतीय सेनाको ब्ल्याक क्याट डिभिजनले राज्य सरकारको सहयोगमा आयोजना गरेको समारोहमा राज्यपाल मुख्य अतिथिका रूपमा उपस्थित थिए। साथै, ब्ल्याक क्याट डिभिजनका जीओसी मेजर जनरल एसएम राठौर, सिक्किम पुलिसका महानिदेशक अक्षय सचदेव लगायत सेनाका अ​न्य अधिकारीहरू पनि उपस्थित थिए।

सिक्किम प्रेरणा स्थलको संकल्पना एवं विकासको यात्रा लोकभवन, सिक्किमका राज्यपालको सक्रिय सहयोग, मार्गदर्शन र दूरदर्शितामा सम्भव भएको लोकभवनले आज प्रेस बयानमा बताएको छ। यो स्थल अक्टोबर 2023 को बाढ़ आपदामा शहीद भएका 22 जवानहरूको स्मृतिमा मात्र स्थापित नभई यसको विस्तार गरेर सिक्किम एवं देशका ती सबै सैनिकहरूप्रति समर्पित गरिएको छ, जसले विभिन्न अभियानहरूमा बलिदान दिएका छन्। यहॉं कुल 13 अभियानहरूमा शहीद भएका 294 वीरहरूको नाम स्वर्णाक्षरमा अंकित छन्।

राज्यपाल माथुरले समारोहलाई गौरवपूर्ण क्षण बताउॅंदै भारतीय सेना, राज्य सरकार, सेलो फाउण्डेशन र सबै सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गरे। उनले यो स्थल अब स्मृतिको केन्द्रका साथै भावी पुस्ताहरूका लागि प्रेरणाको स्रोत बन्ने बताए। यो स्थल मिलिट्री-सिविल फ्यूजनको उत्कृष्ट उदाहरण रहेको पनि उनले बताए।

राज्यपालले आफ्नो सम्बोधनमा भने, 'यस स्थलमा भावी पुस्ताहरू र सबै आगन्तुकहरू हाम्रो इतिहासको गौरवशाली घटनाहरूको बारेमा अवगत हुन सक्नेछन्, जसद्वारा राष्ट्रप्रेम, त्याग र वीरताको भावना सदैव जीवन्त रहनेछ। जसरी अन्य सीमावर्ती राज्यहरूका शहीदहरूका शौर्य गाथा उजागर हुन्छ, त्यसरी नै चलचित्र, डक्यूमेन्ट्री आदिको माध्यमद्वारा सिक्किमको पहिचान पनि स्थापित हुनुपर्छ।'

कार्यक्रममा राज्यपालले दुईवटा डक्यूमेन्ट्री फिल्महरू 'सेन्टिनेल अफ सिक्किम' र 'द सिक्किम सागा' को विमोचन गरे। द सिक्किम सागा 1967 मा नथुला युद्धमा मेजर जनरल सगत सिंहको शौर्य गाथा प्रदर्शित गरिएको छ।

लोकभवनका अनुसार, राज्यपालले आफ्नो दूरदर्शिता र सोचले नथुला दिवसलाई नथुला विजय दिवसको मान्यता दिलाउॅंदै 1967 को नथुला युद्धको सैन्य गौरव गाथालाई उजागर गर्ने इच्छा व्यक्त गरेका थिए। यसै क्रममा मेजर जनरल सगत सिंह (तत्कालीन 17 माउन्टेन डिभिजनका जीओसी) को वीरता एवं साहसिक भूमिकालाई पनि सबै समक्ष ल्याउने निरन्तर प्रयास गरे।

प्रेरणा स्थल परिसरमा रणभूमि एवी हल, केफेटेरिया र रिफ्लेक्सोलजी पार्क जस्ता सुविधाहरू उपलब्ध छन्। यस पहलले ब्याटलफील्ड टूरिज्मलाई बढावा दिन्छ र डोक ला र चो ला जस्ता महत्वपूर्ण स्थलहरूसॅंग पर्यटकहरूलाई सिक्किमको वीरतासॅंग जोड्छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande