
गुवाहाटी, 18 मार्च (हि.स.)। लिक्यूफाइड पेट्रोलियम ग्यास (एलपीजी) आपूर्तिको परिवर्तनशील स्थिति तथा त्योसित सम्बन्धित भू-राजनीतिक कारकहरूलाई ध्यानमा राख्दै असम सरकारले पाइप्ड नेचुरल ग्यास (पीएनजी) कनेक्शनको विस्तारलाई लिएर समीक्षा गरेको छ। साथै राज्यमा यसको विस्तारको प्रक्रिया शुरू भएको छ।
यस आशय बारे आज राज्य सरकारद्वारा आधिकारिक रूपमा जारी एक बयानमा भनिएको छ, यो समीक्षा पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयको दिशा-निर्देश अनुरूप गरिएको हो जसको उद्देश्य राज्यका मानिसहरूलाई विश्वस्तरीय तथा सुविधाजनक ऊर्जा उपलब्ध गराउनु हो। सरकारको मान्यताछ, पीएनजीको विस्तारले ऊर्जा सुरक्षालाई सशक्त बनाउनेछ साथै एलपीजीमाथिको निर्भरतालाई कम गर्नेछ।
राज्यमा पीएनजी पूर्वाधार विकसित गर्ने कार्य असम ग्यास कम्पनी लिमिटेड (एजीसीएल), पूर्व भारतीय ग्यास प्राइभेट लिमिटेड (पीबीजीपीएल) औ नर्थ ईस्ट ग्यास डिस्ट्रीब्यूशन कम्पनी लिमिटेड (एनईजीडीसीएल)-लाई सुम्पिइएको छ जसले चयनित जिल्लाहरूमा पाइपलाइनको नेटवर्क बनाइरहेको छ। अधिकारीहरूले स्पष्ट पारेका छन्, हाल पीएनजी कनेक्शन केवल ती क्षेत्रहरूमा दिइनेछ जहाँं पाइपलाइनको पूर्वाधार उपलब्ध हुनेछ। पूर्वाधार विस्तार कार्य जुलाईदेखि चरणबद्ध ढंगमा शुरू गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा