ईदपूर्व सजियो हाशमी चौकको बजार, किनमेल गर्नेहरूको भीड़ उर्लियो
ईदपूर्व सजियो हाशमी चौकको बजार, किनमेल गर्नेहरूको भीड़ उर्लियो


सिलगढ़ी, 18 मार्च (हि. स.)। ईदको अवसरमा शहरको प्रख्यात हाशमी चौक अहिलेघरि पूर्ण रूपले प्रकाश र उमंगले भरिएको छ। सड़क किनारमाा सजिएका दोकानहरूमा सेवई, इत्र, ड्राई फ्रुट्स, कपड़ा एवं जुत्ताहरूको ओइरो छ। किनमेल गर्न आउने मानिसहरूको लगातार आवागमन भइरहेको छ। कोही पैदल हिंड़िरहेका छन् भने कोही अटो वा टोटोबाट उत्रेर दोकानतिर गइरहेका छन्।

हरेक वर्ष झैं यस वर्ष पनि ईदपूर्व यो बजार विशेष आकर्षण भएको छ। विधान मार्केट, हकर्स कर्नर औ महावीर स्थानमा किनमेल गर्ने मानिसहरू समेत हाशमी चौक तर्फ जान भुलेका छैनन्। सेवक रोड अनि हिलकार्ड रोडबाट आउने ग्राहकहरू समेत यहाँ पुगिरहेका छन्।

व्यापारीहरूले बताए अनुसार यो बजार लगभग 60 वर्ष पुरानो हो र यहाँ पूर्खौंदेखिको व्यापार चलिरहेको छ। ईद आउन लगभग 15 दिन अगाड़िदेखि नै बजार सजिन थाल्छ अनि बिस्तारै भीड़ बढ़्दै जान्छ।

व्यापारीहरूको भनाइ छ, उनीहरू वर्षभरि नै यस दिनको प्रतिक्षामा बस्छन्, किनभने ईदको यो बजार उनीहरूको लागि विशेष हुन्छ। चाड़को उत्साहबीच हाशमी चौकको यो बजार सिलगढ़ीको पहिचान नै बनिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande