टिकट नपाएको कारणले तृणमूल नेता खगेश्वर रायको विद्रोही कदम, 48 घण्टाको अल्टिमेटम
टिकट नपाएको कारणले तृणमूल नेता खगेश्वर रायको विद्रोही कदम, 48 घण्टाको अल्टिमेटम


जलपाईगुड़ी, 18 मार्च (हि.स.)। जिल्लाको राजगञ्ज विधानसभा सीटमा वर्ष 2026-को चुनाउअघि राजनीतिक घमासान तीव्र भएको छ। तृणमूल कंग्रेसका वरिष्ठ नेता खगेश्वर रायलाई टिकट नदिइएपछि उनले पार्टीको विरोधमा खुल्ला विद्रोह शुरू गरेका छन्। गए मंगलवार उम्मेद्वार सूचीबाट उनको नाम हटाइएपछि बुधवार उनले आफ्नो नीति स्पष्ट पारेका छन्।

खगेश्वर रायले स्पष्ट रूपमा भनेका छन्, उनले पार्टी नेतृत्वलाई 48 घण्टाको समय दिएका छन्। यदि यस अवधिभरि पनि उम्मेद्वार फेरिएन भने उनले अन्तिम फसेला लिनेछन् जसबाट राजनीतिक समीकरण फेरिनसक्छ।

खगेश्वर रायले आफ्नो असन्तुष्टि सोझै चुनावी रणनीतिकार संस्था आईप्याकमाथि पोखेका छन्। उनले आरोप लगाए, आईप्याकले पैसा लिएर मेरो नाम सूचीबाट हटाएको हो। साथै उनले राजगञ्जबाट घोषित उम्मेद्वार तथा अर्जुन पुरस्कार विजेता एथलिट स्वप्ना बर्मनमाथि पनि प्रश्न उठाए।

रायले भने, यस क्षेत्रका मानिसहरूले तिनलाई चिन्दनन् जसले गर्दा यस सीटबाट उनको पराजय निश्चित छ। उनले यो पनि दाबी गरे, पार्टीबाट टिकट पाउने भरोसाले उनले पहिला नै चुनाउ प्रचारमा लाखौं रुपियाँ खर्च गरिसकेका छन्।

खगेश्वर राय मुताविक उनको असन्तुष्टिलाई शान्त बनाउनको लागि पार्टीका वरिष्ठ नेताहरूले उनीसित सम्पर्क गरिरहेकाछन्। उनले दाबी गरे, कुचबिहार र अलिपुरद्वारका केही नेताहरूले उनीसित कुरा गरिसकेका छन्। उनले भने, मुख्यमन्त्री ममता ब्यनर्जीले जलपाईगुड़ीको जिल्ला प्रशासनको माध्यमबाट उनलाई फोन गरेर शान्त बस्ने सन्देश पठाएकी छन्। टिकट नपाएपछि रायले जिल्ला तृणमूल चेयरम्यानको पदबाट राजीनामा दिने घोषणा गरेका थिए, तर पार्टीकी जिल्लाध्यक्ष महुआ गोपले त्यसलाई खारेज गरिदिएकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande