
पूर्व मेदिनीपुर, 20 मार्च (हि.स.)। जिल्लाको पोटाशपुर विधानसभा क्षेत्रमा चुनावी प्रचार अवधि एकपटक फेरि स्थिति तनाउपूर्ण भयो। भाजपा उम्मेद्वार तथा पूर्व सैनिक तपन माइतीको जनसम्पर्क अभियान अवधि गोकुलपुर क्षेत्रमा मातेका एकजना युवककको आपत्तिजनक टिप्पणी तथा गालीबाट माहोल अचानक गर्मियो जसले गर्दा स्थानीय स्तरमा राजनीतिक संवेदनशीलता बढ़्यो।
प्राप्त जानकारी अनुसार गए बिहीवार अपरान्ह देवनाथपल्ली गाउँमा प्रचार भइरहँदा एकजना युवकले कथित रूपमा तपन माइतीलाई बाटो छेक्यो अनि “ममता ब्यनर्जी जिन्दाबाद”- को नारा लगाउँंदै अभद्र भाषाको प्रयोग गऱ्यो जसबाट स्थिति बिस्तारै तनाउपूर्ण हुनथाल्यो यद्यपि स्थानीय मानिसहरूको हस्तक्षेपले युवकलाई त्यहाँबाट हटाइयो। भनिन्छ, आरोपी युवक मातेको थियो।
यता शुक्रवार बिहान प्रचारमा हिँड़ेका भाजपा मण्डल अध्यक्ष कृष्ण गोपाल दासले आरोप लगाए, एकजना तृणमूल समर्थकले उनको वाहनलाई रोकेर गाली गऱ्यो अनि बारम्बार अनुरोध गर्दा पनि बाटो छोड़ेन। उनले दाबी गरे, लगभग हरेक गाउँमा यस किसिमको घटना भइरहेको छ। उनले चेताउनी दिए, भविष्यमा यस्तो कुनै पनि स्थिति देखा परे तत्कालै पुलिसलाई सूचित गरिनेछ।
अर्कोतिर तृणमूल कंग्रेसका उम्मेद्वार पीयूष कान्ति पण्डाले उपरोक्त आरोपहरूको खण्डन गर्दै प्रत्याक्रमण गरे। उनले भने, बाहिरका उम्मेद्वारले पोटाशपुरमा दादागिरी देखाइरहेको छ, यस्तो व्यवहारलाई कुनै पनि स्थितिमा सहन गरिनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा