मणिपुरः सुरक्षा बलहरूद्वारा प्रचुर मात्रामा हतियार एवं विस्फोटक जफत
मणिपुरः सुरक्षा बलहरूद्वारा प्रचुर मात्रामा हतियार एवं विस्फोटक जफत


चँदेल (मणिपुर), 20 मार्च (हि.स.)। मणिपुरको चँदेल जिल्लामा मोलचाम थाना क्षेत्र अन्तर्गत मोलचाम गाउँ वरपरका क्षेत्रहरूमा गए बिहीवार सुरक्षा बलहरूद्वारा संचालित एक अभियानको क्रममा प्रचुर मात्रामा हतियार, विस्फोटक तथा सञ्चार उपकरणहरू जफत गरियो।

आधिकारिक सूत्रले शुक्रवार बतायो, यस अभियानमा सुरक्षा बलहरूले एउटा एके-47 राइफल दुई वटा म्यागजिनसितै तथा एउटा 9 मिमी कार्बाइन मशिन गन (सीएमजी) एउटा म्यागजिन सहित जफत गरे। यस अतिरिक्त दुई वटा ग्रेनेड डेटोनेटर र दुईवटा ग्रेनेड पनि जफत गरियो।

जफत गरिएका अन्य सामग्रीहरूमा विभिन्न हतियारहरूका दुई वटा अन्य म्यागजिन तथा 194 राउण्ड गोली सामेल छन्। यसको साथै पाँच वटा बाओफेंग वीएचएफ रेडियो सेट र पाँच वटा यूएसबी चार्जर पनि जफत गरियो जसबाट यी सामग्रीहरूको सम्भावित उपयोगलाई लिएर सन्देह व्यक्त गरिंदैछ।

सुरक्षा बलहरूले सबै जफत सामग्रीहरूलाई कब्जामा लिएर अग्रिमम जाँच शुरू गरेको छ। अधिकारीहरू अनुसार यी हतियारहरूको श्रोत एवं उपयोगको उद्देश्य पत्तो लगाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande