
सिलगढ़ी, 23 मार्च (हि.स.)। सिलगढ़ी नगरनिगमको वार्ड नम्बर- 30 स्थित तराई स्कूल मैदानमा जनसम्पर्क अभियानको क्रममा मेयर गौतम देवलाई मिश्रित अनुभव प्राप्त भयो। एकातिर उनलाई विद्यार्थी नानीहरूसित क्रिकेट खेलिरहेको देखियो भने अर्कोतिर उनलाई स्थानीय मानिसहरूको चर्को प्रश्नहरूको समना पनि गर्नुपऱ्यो।
सोमवार बिहानदेखिकै उनले क्षेत्रमा मर्निंग वक गरिरहेका मानिसहरूसित बातचित गरी प्रचार शुरू गरे। जनसम्पर्क अन्तर्गत तराई स्कूल मैदानमा नानीहरूसित केही समय क्रिकेट पनि खेले जसबाट माहोल हल्का तथा सकारात्मक भयो।
तथापि प्रचार अवधि स्थानीय मानिसहरूले शहरका पुराना समस्याहरूलाई लिएर सोझै प्रश्न उठाए। उनीहरूले पिउने पानीको अभाव, जीर्ण फुटपाथ तथा हरियालीको अभाव जस्ता मुद्दाहरूमा असन्तुष्टि व्यक्त गरे। एकजना महिलाले प्रश्न गरिन्, सत्तामा हुँदा यी आधारभूत समस्याहरूको समाधनको लागि ठोस कदम किन उठाइएन? यस अवधि मानिसहरूले आफ्नो असन्तुष्टि खुलेर व्यक्त गरे भने मेयरले सबै प्रशनहरूको जवाफ दिने चेष्टा गरे।
यसैबीच क्षेत्रमा प्रचार गरिरहेका भाजपा विधायक तथा उम्मेद्वार शंकंर घोषले पनि सत्तारूढ़ दललाई लक्षित गरे। उनले भने, यी आम मानिसहरूको दैनन्दिन समस्या हुन्। मेयरलाई विकास गर्ने पर्याप्त अवसर पाएर पनि उनले बारम्बार अक्षमता देखाए। मानिसहरूको प्रश्नको जवाफ मागिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा