
कानपुर, 23 मार्च (हि.स.)। उत्तर प्रदेशको कानपुर शहरको कल्याणपुर थाना क्षेत्रमा सोमवार एक वृद्धले घर बाहिर खेलिरहेकी आठ वर्षीया बालिकासित बलात्कारको प्रयास गऱ्यो। बालिका चिच्याएको सुनेर छिमेकीहरूले आरोपीलाई समातेर कुटपिट गरे र पुलिसलाई सुम्पे। पुलिसले पोक्सो एक्ट अन्तर्गत मुद्दा दर्ता गरेर जेल पठाएको छ।
पुलिस उपायुक्त (पश्चिम) एसएम कासिम आबिदीले बताए, बालिकाका पिताले आफ्नी छोरी बाहिर खेलिरहेकी बेला छिमेकमा बस्ने 55 वर्षीय पुरुष स्माइलले उनलाई टफी दिने वाचा गर्दै आफ्नो घरमा फसाएर यौन दुर्व्यवहार गर्न थालेको आरोप लगाएका छन्। बालिका जसो-तसो भाग्न सफल भइन् र चिच्याउन थालिन्। उनी चिच्याएको सुनेर परिवारका सदस्यहरू घटनास्थलमा पुगे र आरोपीलाई तानेर लगे। त्यसपछि त्यहाँ उपस्थित भीड़ले आरोपीसित कुटपिट गऱ्यो।
स्थानीय बासिन्दाहरूबाट प्राप्त जानकारी अनुसार, पुलिस आइपुगेर आरोपीलाई पक्राउ गरेको छ। सोधपुछको क्रममा यो कुरा पत्ता लाग्यो कि आरोपी मूल रूपमा कानपुर ग्रामीणको रुराको हो। उसको परिवारमा उसकी पत्न र छोरा छन्। पुलिस उपायुक्त पश्चिमले पीड़िताको परिवारले दिएको उजुरीको आधारमा आरोपी विरुद्ध पोक्सो एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको र जेल पठाइएको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी