शहीद दिवसमा ममता ब्यानर्जीले भगत सिंह, राजगुरू तथा सुकदेवलाई गरिन् नमन
शहीद दिवसमा ममता ब्यानर्जीले भगत सिंह, राजगुरू तथा सुकदेवलाई गरिन् नमन


कोलकाता, 23 मार्च (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार शहीद दिवसको अवसरमा स्वतन्त्रता सेनानी भगत सिंह, शिवराम हरि राजगुरु औ सुखदेव थापरलाई श्रद्धाञ्जली अर्पण गरिन्।

सोशल मीडिया मञ्च ‘एक्स’- मा गरिएको आफ्नो पोस्टमा ममता ब्यानर्जीले भनिन्, यी वीर क्रान्तिकारीहरूको साहस देशको लोकतान्त्रिक मूल्यहरूको आधार हो। उनले भनिन्, शहीद दिवसको यस अवसरमा हामीलाई न्याय र स्वतन्त्रताका ती आदेशहरूलाई कायम राख्ने संकल्प लिनुपर्छ जसको लागि यी महान सेेनानीहरूले आफ्नो सर्वोच्च बलिदान दिए।

मुख्यमन्त्रीले आफ्नो सन्देशको अन्तमा भनिन्, उनीहरूको यो बलिदानलाई कहिल्यै भुल्न सकिंदैन। उनले “जय हिन्द”-को साथमा आफ्नो सन्देशलाई समाप्त गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande