टाशीडिङ गुम्पामा पवित्र भुमचू उत्सव शुरू, राज्य अनि छिमेकी राष्ट्रबाट भक्तहरूको आगमन
टाशीडिङ गुम्पामा पवित्र भुमचू उत्सव शुरू


गेजिङ, 03 मार्च (हि.स.)। टाशीडिङ गुम्पाले भुमचू पर्वको शुभ अवसरमा विभिन्न ठाउँबाट आएका भक्तजनका लागि प्रवेश खुल्ला गरेको छ। यस अवसरमा धर्म विभागका मन्त्री सोनाम लामा, पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री छिरिङ टी. भोटिया, जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पा, पुलिस अधीक्षक छिरिङ शेर्पा तथा अन्य गणमान्य व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।

सिक्किमेली बौद्ध परम्परामा गहिरो जरा गाडेको पवित्र भुमचू पर्वमा राज्यलगायत छिमेकी क्षेत्रहरूबाट ठूलो संख्यामा भक्तजन र आगन्तुकहरू आकर्षित हुन्छन्। पवित्र भुमचू समारोह शान्ति, समृद्धि र कल्याणको प्रतीक हो, र यसलाई सिक्किमको सबैभन्दा शुभ र आध्यात्मिक रूपमा महत्त्वपूर्ण चाडहरू मध्ये एक मानिन्छ।

राज्य र छिमेकी देशहरूबाट भक्तजन पवित्र भुमचू पर्वमा भाग लिन पवित्र टाशीडिङ गुम्पामा भेला भएका थिए। भुमचू एक धार्मिक बौद्ध पर्व हो, जुन गेजिङ जिल्लाको द्राकर टाशीडिङ गुम्पामा वार्षिक रूपमा आयोजना गरिन्छ।

पवित्र जल (भुमचू) वितरण र पवित्र बुम्पा (कलश) को दर्शन आज राति 01:40 बजीदेखि शुरु भएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande