सोरेङ, पाकिम र मङ्गनमा तीन उम्मेदवारले मनोनयन पत्र बुझाए
सोरेङ, पाकिम र मङ्गनमा तीन उम्मेदवारले मनोनयन पत्र बुझाए


सोरेङ, 30 मार्च (हि.स.)। सोरेङ नगर पञ्चायतमा हुन लागिरहेको चुनाउका लागि आज मनोनयन पत्र बुझाउने अन्तिम दिन एक उम्मेदवारले मनोनयन पत्र बुझाए। भारतीय जनता पार्टीका उम्मेदवार नरेन सुब्बाले डॉंड़ा बजार वार्डका लागि आज चुनाउ अधिकारी धिरज सुबेदीलाई आफ्नो मनोनयन पत्र बुझाए।

यसरी नै पाकिम जिल्ला अन्तर्गत पाकिम नगर पञ्चायत र रम्फू नगर पञ्चायतका लागि आज दुई जना उम्मेदवारले मनोनयन पत्र बुझाए। रम्फू नगर पञ्चायतको अप्पर बजार वार्डका लागि एक स्वतन्त्र उम्मेदवार बिनय थापाले तथा मण्डी बजार वार्डका लागि भारतीय जनता पार्टीका उम्मेदवार भुपाल बराइलीले मनोनयन पत्र बुझाएका छन्। उल्लेखनीय छ, पाकिम र सोरेङमा पहिलो पटक नगर पालिका चुनाउ हुन लागिरहेको छ।

अर्कातिर, मङ्गन नगर पञ्चायतको पॉंचवटा वार्डका लागि आज एकै जना उम्मेदवारले पनि मनोनयन पत्र बुझाएनन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande