असममा राइजर दलले आज जारी गर्नेछ उम्मेद्वारहरूको पहिलो सूची
असममा राइजर दलले आज जारी गर्नेछ उम्मेद्वारहरूको पहिलो सूची


गुवाहाटी, 04 मार्च (हि.स.)। असममा चुनावी हावा तातिरहेको समय राइजर दलले आज आफ्ना उम्मेद्वरहरूको पहिलो सूची जारी गर्नेछ। सो जानकारी पार्टी अध्यक्ष अखिल गोगोईले मीडियासितको बातचितमा दिएका हुन्।

गोगोईले बताए, पार्टी चरणबद्ध ढंगम 12-15 जना उम्मेद्वारहरूको घोषणा गर्ने तयारीमा छ। पहिलो सूची गुवाहाटीस्थित पार्टी केन्द्रिय कार्यालमा आयोजित सम्वाददाता सम्मेलनको माध्यमबाट गरिनेछ। उनले भने, पार्टीले धरतलीय समीकरण तथा स्थानीय जनसमर्थनलाई ध्यानमा राखेर उम्मेद्वारहरूको चयन गरिरहेको छ।

यता मार्घेरीटा विधानसभा क्षेत्रको राजनीतिक माहोल गर्मिएको छ। यहाँ राइजर दलका सम्भावित उम्मेद्वार राहुल छेत्रीले कंग्रेस प्रत्याशी प्रतीक बरदलैलई खुल्ला चुनौती दिएका छन्।

छेत्रीले आरोप लगाए, प्रद्युत बरदलैले जन्मदिनको उपहार जस्तै यो सीट आफ्नो छोरालाई सुम्पिएका छन्। उनले स्पष्ट पारे, मार्घेरीटा सीटबाट निश्चित रूपमा उनले चुनाउ लड़्नेछन् अनि आगामी चुनाउमा कंग्रेस उम्मेद्वारलाई कड़ा चुनौती दिनेछन्।

राजनीतिक विश्लेषकहरूको मान्यता छ, राइजर दलको पहिलो सूची जारी हुनसाथै राज्यमा चुनावी प्रतिस्पर्धा अझ चाखलाग्दो हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande