होलीको पर्व सामाजिक सद्भाव, भाइचारा र रङ्गहरूको एकताको प्रतीक: राज्यपाल
राजधानीको एमजी मार्गमा होली मिलन समारोह आयोजित


गान्तोक, 04 मार्च (हि.स.)। मारवाड़ी समाज, गान्तोकले आज राजधानीको एमजी मार्गमा होली मिलन समारोह आयोजन गऱ्यो। समारोहमा राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेष रूपमा उपस्थित रहे। कार्यक्रमको शुभारम्भ पारम्परिक विधि-विधान एवं रङ्गारङ्ग सांस्कृतिक प्रस्तुतिहरूका साथ भएको लोकभवनले आज विज्ञप्तिमा बताएको छ।

राज्यपालले यस अवसरमा हर्ष व्यक्त गर्दै होलीको पर्व सामाजिक सद्भाव, भाइचारा र रङ्गहरूको एकताको प्रतीक रहेको बताए, जसको प्रत्यक्ष उदाहरण आजको यस आयोजनले प्रस्तुत गरेको छ। उनले भने, 'यस्ता आयोजनले सिक्किमको बहु-सांस्कृतिक पहिचानलाई अझ सुदृढ़ बनाउॅंछ।'

कार्यक्रममा मन्त्रीगण, विधायकगण, जन प्रतिनिधि, राज्य सरकारका वरिष्ठ अधिकारीहरू तथा जन समुदाय पनि सम्मिलित भए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande