
गान्तोक, 04 मार्च (हि.स.)। सिङताम पुलिसले आफ्नो जारी लागूऔषध विरोधी अभियानमा संदिग्ध तस्करी पदार्थसहित एक व्यक्तिलाई पक्राउ गरेर महत्वपूर्ण सफलता हासिल गरेको छ। सिङताम पुलिसले लागूऔषध तस्करी विरुद्ध शून्य सहनशीलताको नीतिप्रति आफ्नो दृढ़ प्रतिबद्धता दोहोर्याउॅंदै यस अभियानमा सहयोगको लागि अपील पनि गरेको छ।
पुलिस रिपोर्टका अनुसार, सिङताम थानाका एसएचओ किशोर छेत्रीको निर्देशनमा पुलिस दलले सिरवानीमा अभियान चलायो। यस क्रममा एक 32 वर्षीय व्यक्ति रिन्छेन शेर्पालाई रोकेर सोधपुछ गरियो। दोछुम सिरवानी निवासी शेर्पा मारुती स्विफ्ट वाहनमा थिए। उक्त वाहन आरोपीले सिरवानी फाटक र सिङताम क्षेत्रमा संदिग्ध लागूऔषध बिक्री बितरणको लागि प्रयोग गरिरहेको पुलिसलाई सूचना प्राप्त थियो।
खाम्दोङका बीडीओ र स्वतन्त्र साक्षीहरूको उपस्थितिमा गरिएको छानबिनका क्रममा लगभग 14 ग्राम संदिग्ध ब्राउन शुगर जफत गरियो। उक्त लागूऔषध आरोपीले लगाएको प्यान्टको दाहिने गोजीमा भेटियो। उक्त पदार्थ पीआई ममता राईले कानुनी प्रक्रियाहरू अनुरुप जफत गरेकी थिइन्।
यस घटनाको सम्बन्धमा सिङताम थानामा आरोपी व्यक्ति विरुद्ध एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले सम्भावित वितरण सञ्जाल पत्ता लगाउन थप जॉंच गरिरहेको बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल