
नयाँ दिल्ली, ०९ मार्च (हि.स.)। संसदको बजेट अधिवेशनको दोस्रो चरण सोमबारदेखि शुरु भएको छ। पश्चिम एसियामा बढ्दो तनाउलाई लिएर विपक्षी दलहरूले संसद भवन परिसरमा विरोध प्रदर्शन गरेका छन्। विपक्षले संयुक्त राज्य-इजरायल र इरानबीच जारी सैन्य संघर्षको बीचमा भारतको ऊर्जा सुरक्षा लगायतका विषयमा सरकार मौन बसेको आरोप लगाएको छ।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, लोकसभामा विपक्षका नेता राहुल गांधी, कांग्रेस महासचिव केसी वेणुगोपाल, सांसद प्रियंका गांधी, किशोरी लाल लगायत धेरै विपक्षी सांसदहरूले संसद भवनको मकर द्वारमा प्रदर्शन गरेका थिए।
सांसदहरूले हातमा ठूला पोस्टर र ब्यानर समातेका थिए, जसमा सरकारको विरोधमा नारा लेखिएका थिए। यस क्रममा विपक्षी सांसदहरूले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी