
खरसाङ, 01 अप्रेल (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रन्टको तीनधारे 17 माईल गाउँबाट चार परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) मा सामेल भएका छन्।
भागोप्रमोमा सामेल भएपछि विकास सुनारले भने, हामीले विगतमा धेरै गल्ती गरेछौं। तर अब यस्तो गल्ती गर्नेछैनौं। हामी तीनधारे क्षेत्रको विकासको पक्षमा छौं र विकास केवल अनित थापाबाट सम्भव देखेका छौं। यसै कारणले हामीले भागोप्रमोलाई समर्थन जनाएका हौं।
यस समर्थन कार्यक्रममा भागोप्रमो तीनधारे खण्ड समितिका सचिव अनिल राई, घैयाबारी ग्राम पञ्चायत दुईको उप-प्रधान रञ्जित थापा, सल्लाहकार रोहित दर्जी, विद्यार्थी महासंघ महानदी तीनधारे सम्मष्टिको सभापति सुभव प्रधानको विशेष उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक