शान्तिपूर्ण चुनाउ सुनिश्चित गर्न दार्जिलिङ जिल्ला पुलिस अधीक्षकद्वारा मतदान केन्द्रहरुको निरीक्षण भ्रमण
शान्तिपूर्ण चुनाव सुनिश्चित गर्न दार्जिलिङ जिल्ला पुलिस अधीक्षकद्वारा सोनादा क्षेत्रका पुलिस बुथहरुको निरीक्षण


सोनादा, 16 अप्रेल (हि.स.)। दार्जिलिङ जिल्ला पुलिस अधीक्षक प्रतिक्षा झारखिया लगायत वरिष्ठ पुलिस अधिकारीहरूले आज सोनादा क्षेत्रका विभिन्न मतदान केन्द्रहरुको निरीक्षण भ्रमण गरे। भ्रमणको उद्देश्य जनताले शान्तिपूर्वक मतदान गर्न सकोस् भन्ने सुनिश्चित गर्नु रहेको थियो।

भ्रमण टोलीमा जिल्ला पुलिस अधीक्षक प्रतिक्षा झारखिया, एडीएम दार्जिलिङ, सुके पोखरी खण्ड विकास अधिकारी, डीवाईएसपी दार्जिलिङ टाउन, सदर सीआई, जोरबंगलो पुलिस थानाका ओसी, सोनादा पुलिस आउट पोस्टका ओसी बिबेक छेत्री आदि सामेल थिए।

पुलिस अधीक्षकले मतदान केन्द्रहरूको भ्रमण गर्नुका साथै सोनादा क्षेत्रका स्थानीय मतदाताहरुसॅंग पनि भेट गरिन्। उनले कुनै प्रकारको डर बिना, कसैको दबाउमा नआई र शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न गर्न छलफल गरेकी छन्। उनले सोनादा होलि क्रस उच्चत्तर माध्यमिक विद्यालय, सोनादा डिग्री कलेज लगायत अन्य मतदान केन्द्रको निरीक्षण गरिन्।

भ्रमणबारे बोल्दै दार्जिलिङ जिल्ला पुलिस अधीक्षक प्रतिक्षा झारखियाले भनिन्, चुनाउ आयोगले जारी गरेका आठवटा गाइडलाइन अनुसार शान्तिपूर्ण चुनाउ गराउन आज सोनादा क्षेत्रमा रहेका मतदान केन्दहरूको निरीक्षण भ्रमण गरियो। उनले चुनाउ आयोगको गाइडलाइन अनुसार चुनाउ सुनिश्चित गर्न पुलिस प्रशासन मतदाताहरुको साथमा रहेको बताइन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande