घैयाबारीमा भागोप्रमोको चुनावी सभा सम्पन्न
घैयाबारीमा भागोप्रमोको चुनावी सभा सम्पन्न


खरसाङ, 16 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) घैयाबारी 257 बुथको चुनावी सभा आज गैरीगाउँ सार्वजनिक भवनमा सम्पन्न गरियो। उक्त सभा वरिष्ठ नागारिक हरिबहादुर खातीको अध्यक्षतामा गरिएको थियो। सभामा भागोप्रमो नारी शक्ति केन्द्रिय अध्यक्ष अनु प्रधान, खरसाङ महकुमा सभापति सुमन बम्जन, ट्रेड युनियन महकुमा समितिका सचिव भक्तिमान तामाङ आदि उपस्थित थिए।

सभामा वक्ताहरुले आगामी विधानसभा चुनाउमा भागोप्रमो उम्मेदवार अमर लामालाई भारी मतले विजय गराउनका लागि पाटी कार्यकर्ताहरुलाई सक्रिय रुपमा अघि आइदिन आह्वान् गरे। वक्ताहरुले यसपाली 257 बुथमा भागोप्रमो उम्मेदवार लामालाई विजय गराउने आह्वान् गरे।

सभालाई नारी शक्ति केन्द्रिय अध्यक्षा अनु छेत्री, महकुमा सभापति सुमन बम्जन, ट्रेड युनियन महकुमा सचिव भक्तिमान तामाङ, पञ्चायत समिति सदस्य दावा वाङदी लामा, 257 बुथका सभापति नरेन राई, सचिव नवराज प्रधान, ट्रक युनियनबाट मन्ना त्रिखत्री, ग्रामबासीको पक्षबाट दिलकुमार छेत्री आदिले सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande