हरिवंश तेस्रो पटक राज्यसभाको उपसभापति निर्वाचित
हरिवंश


नयाँ दिल्ली, १७ अप्रेल (हि.स.)। राज्यसभामा शुक्रबार हरिवंश तेस्रो पटक उपसभापतिा निर्वाचित भए। विपक्षको तर्फबाट कुनै उम्मेदवार नउतारिएकाले उनको निर्वाचन निर्विरोध भयो। यससँगै उनी यो पदमा लगातार तेस्रो पटक आसीन हुने सदस्य बनेका छन्।

सदनको कार्यवाहीको शुरुवातमा सदनका नेता जगत प्रकाश नड्डा र विपक्षका नेता मल्लिकार्जुन खरगेले उनलाई आसनसम्म पुर्याएर उपसभापतिको कुर्सीमा बसाए।

प्रधानमन्त्री नरेन्द्र मोदीले हरिवंशलाई पुनः निर्वाचित भएकोमा बधाई दिँदै उच्च सदनको सञ्चालनमा उनको अनुभव र योगदानको प्रशंसा गरे। अर्कोतर्फ, विपक्षका नेता मल्लिकार्जुन खरगेले पनि उनलाई शुभकामना दिए र सदनमा सबै पक्षलाई समान अवसर दिने आशा व्यक्त गरे।

खरगेले यो अवसरमा लोकसभामा उपाध्यक्षको पद लामो समयदेखि रिक्त रहनुको मुद्दा पनि उठाए। उनले भने, वर्ष २०१९ देखि यो संवैधानिक पद खाली छ, जुन लोकतान्त्रिक परम्पराहरूसँग मेल खाँदैन। उनले उपसभापतिका रूपमा हरिवंशले विपक्षलाई पर्याप्त समय र सम्मान दिनेछन् भनी विश्वास व्यक्त गरे।

विपक्षको तर्फबाट उनलाई सफल कार्यकालको शुभकामना दिँदै उनले सदनको गरिमा कायम राख्न उनको भूमिका महत्वपूर्ण रहने बताए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande