नारी शक्ति सशक्त भारतको पहिचान: प्रधानमन्त्री मोदी
मोदी


नयाँ दिल्ली, १७ अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज फेरि एकपटक देशका आमा, दिदीबहिनी र छोरीहरूको स्मरण गर्दै उनीहरूबाट आशीर्वादको कामना गरेका छन्। उनले एक्समा साझा गरिएको सुभाषितमा भनेका छन्, “हाम्रो नारी शक्ति सशक्त भारतको पहिचान हो। आज देशका आमाहरू, दिदीबहिनीहरू र छोरीहरू आफ्नो अटुट संकल्प, निष्ठा र सेवाभावमार्फत हरेक क्षेत्रमा भारतवर्षको गौरव बढाइरहेका छन्।”

उनले दुर्गा सप्तशती को चतुर्थ अध्याय (शाकम्भरी स्तुति) को श्लोक

“देव्या यया ततमिदं जगदात्मशक्त्या निश्शेषदेवगणशक्ति समूहमूत्र्या।

तामम्बिकामखिलदेवमहर्षिपूज्यां भक्त्या नताः स्म विदधातु शुभानि सा नः॥”

उल्लेख गर्दै भने, देवीले आफ्नै शक्तिबाट यस ब्रह्माण्डको सृष्टि गरेकी हुन् र सम्पूर्ण देवताहरूको शक्तिको समष्टि स्वरूपमा अवतरित भएकी हुन्।

प्रधानमन्त्री मोदीले थप लेखेका छन्, “माताको आराधना सबै देवता र महान ऋषिहरूले समान रूपमा गर्छन् र हामी पनि श्रद्धापूर्वक उहाँसमक्ष नतमस्तक हुन्छौं। ती देवीले हामीमाथि आफ्नो मंगलमय आशीर्वाद वर्षाओस्।”

उल्लेखनीय छ, यो श्लोक देवीको सर्वव्यापी शक्ति स्वरूपको स्तुति हो। यसको पाठबाट ज्ञान, बल र शक्ति प्राप्त हुने विश्वास गरिन्छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande