पहाडमा हामी ठूलो मार्जिनले जित्न हासिल गर्नेछौं: अनित थापा
अनित थापा


मिरिक, 18 अप्रेल (हि.स.)। पहाडका तीनवटै विधानसभा सिटहरुमा हामीले जित्न हासिल गर्नु मात्र होइन, तर ठूलो मार्जिनले जित्नेछौं भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाले दाबी गरेका छन्। मिरिकमा आज आयोजित परिवर्तन यात्रा र चुनावी जनसभालाई सम्बोधन गर्दै थापाले उक्त कुरा भनेका हुन्।

उनले भने, 'मिरिकवासीको जोश अनि ऊर्जा देख्दा मिरिकवासीले अमर लामालाई अवश्य जिताउने छन्। यसपाली पहाडमा साँच्चै नै विचारको परिवर्तन हुनेछ।' अनित थापाले भने, 'सांसद राजु बिष्टले रुदेन सादा लेप्चालाई तँ भन्नु पहाडलाई तँ भन्नु हो। पहाडको जनतालाई बेइज्जत गर्नु हो। यसको जवाफ पहाडले यसपालिको चुनाउमा पक्का दिनुपर्छ। हामी भत्काउने यात्रा होइन, बनाउने यात्रामा छौँ।'

उनले अघि भने, 'एलबी राईले मिरिकमा २९०० घर निर्माण गरेका छन्। यी २९०० घरले एलबी राईको गुण फर्काउने नै छन् भन्ने आशा छ। पहाडमा हामीले राम्रो वातावरण बनाइदिएका छौं। योभन्दा राम्रो परिवेश बनाउने यसपालीको भोट हो। यसपाली हाम्रो विचारले जितेको हुनुपर्छ।' उनले विधानसभामा समस्याको समाधान निकाल्न सक्ने उम्मेदवार अमर लामा दिएको बताए।

पहाडमा इन्टरनेट बन्द हुनुपर्छ। पहाडका सबै नेताहरु हराउँछन्। नेताहरु रानु मण्डल जस्तो हराउँछ। चुनाउ आओस् नआओस् हामी सदैव जनताको सेवामा मैदानमा छौँ, मोबाइलमा हैन। हामीले जित्नु मात्र होइन ठूलो मार्जिनले जित्नेछौँ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande