
गान्तोक, 18 अप्रेल (हि.स.)। आरटीओ चलानको नाममा एक व्यक्ति साइबर फ्रडको शिकार बनेका छन्। साइबर अपराधीहरूले पीडित व्यक्तिको एक लाखभन्दा बढी रकम ठगेका छन्।
पुलिस रिपोर्टका अनुसार, राजधानीको तादोङ निवासी पीडित व्यक्तिलाई व्हाट्सएपमा 'आरटीओ चलान' को नाममा लिङ्क आयो। उनले उक्त लिङ्कमा क्लिक गरेपछि उनको फोन ह्याक भयो। त्यसपछि, उनीलाई शंका लाग्यो र ब्याङ्कमा गएर प्रबन्धकसॅंग भेट गरे। ब्याङ्कका प्रबन्धकले पीडितलाई उनको खाताबाट ₹21,217, ₹37,478 र ₹49,644 गरी जम्मा ₹1,08339 रूपियॉं निकालिएको जानकारी गराए।
पीडितले गठी विरुद्ध एनसीआरपी मार्फत शिकायत दर्ता गराए।
हिन्दुस्थान समाचार / बिशाल