भव्य शोभायात्राका साथै अन्तरराष्ट्रिय जगनी महा महोत्सव शुरू
भव्य शोभायात्राका साथै अन्तरराष्ट्रिय जगनी महा महोत्सव शुरू


नाम्ची, 18 अप्रेल (हि.स.)। श्री कृष्ण प्रणामी मंगलधामको परिसरबाट आज भव्य शोभायात्रा आयोजना गरिएसॅंगै आइतवारदेखि शुरु हुने हप्ताव्यापी अन्तरराष्ट्रिय जगनी महा महोत्सवको शुभारम्भ भएको छ। धामबाट शुरू भएको शोभायात्रा दलेप र तिमी बजार हुँदै पुन: धाममा फर्किएपछि समापन भयो। शोभायात्रामा भक्तजन र विशिष्ट व्यक्तिहरूको उत्साहजनक सहभागिता थियो।

यात्राको नेतृत्व महन्त श्री १०८ सुदाकर महाराज जी र माताजी विदुशी उषा घिमिरेले गरेका थिए। यस अवसरमा जिल्ला अध्यक्ष अञ्जिता राजालिम, चियरमेन एनटी भोटिया, पूर्व विधायक जीएम गुरुङ, ओएसडी प्रदीन तामाङ आदि पनि उपस्थित थिए। शोभायात्रामा राज्यभरका साथै छिमेकी क्षेत्रका भक्तजनहरूको ठूलो संख्यामा सहभागिता थियो।

आगामी महोत्सवमा गुजरातको जामनगरस्थित नवतनपुरीधामका पूज्य आध्यात्मिक गुरु श्री कृष्णमणिजी महाराजश्री प्रमुख वक्ताको रूपमा उपस्थित हुनेछन्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ १९ अप्रेलका दिन आध्यात्मिक कार्यक्रमको उद्घाटनमा उपस्थित हुने कार्यक्रम रहेको बताइएको छ।

अन्तरराष्ट्रिय जगनी महा महोत्सवमा आध्यात्मिक गुरुहरू र भक्तहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ, जसले आध्यात्मिक प्रवचन, सांस्कृतिक आदानप्रदान, एकता र सद्भावको प्रवर्द्धनका लागि एक महत्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande