कोलकातामा प्रवर्तन निदेशालयको छापा, व्यवसायी जय कामदार हिरासतमा
कोलकातामा प्रवर्तन निदेशालयको छापा, व्यवसायी जय कामदार हिरासतमा


कोलकाता, 19 अप्रेल (हि. स.)। प्रवर्तन निदेशालयले आइतवार कोलकाताको बेहाला स्थित व्यवसायी जय कामदारको आवासमा छापा माऱ्यो। केही घण्टासम्म चलेको यस अभियानपछि अधिकारीहरूले उनलाई हिरासतमा लिएर साल्टलेक स्थित सीजीओ कम्प्लेक्समा लिएर गए।

सूत्र अनुसार उनलाई आर्थिक अनियमितताको मामिलामा हिरासतमा लिइएको हो। जय पछिल्लो लामो समयदेखिकै जाँच एजेन्सीको निगरानीमा रहेको बताइएको छ।

जानकारी मुताविक, आइतवार बिहान सबेरै सल्टलेकको सीजीओ परिसरबाट प्रवर्तन निदेशालयका केही टीमहरू प्रस्थान भए। यीमध्ये एउटा टीम बेहाला पुग्यो। शुरूमा अधिकारीहरूलाई घरभित्र प्रवेश गर्न दिइएन। आरोप छ, बारम्बार बोलाइएको भएपनि धेरै ढिलो गरी ढोका खोलियो। त्यसपछि अधिकारीहरू भित्र प्रवेश गरे। बाहिर केन्द्रिय बललाई तैनाथ गरिएको थियो।

स्थानीय मानिसहरूको भनाइ छ,जय मुख्य रूपमानिर्माण औभू-विकास कारबारसित जोड़िएका छन्। यसअघि पनि उनको आवासमा खानतलासी गरिएको थियो जहाँबाट नगद जफत गरिएको थियो।

सूत्र अनुसार हालैमा कसबाका व्यवसायी विश्वजित पोद्दार उपनाम सोना पप्पूका ठेगानाहरूमा भएको छापामारीमा जयको नाम सामु आएको थियो। त्यसपछि जाँचबुझको लागि उनलाई दुई पटक बोलाइयो, तर उनी दुवै पटक नै उपस्थित भएनन्। त्यसपछि आइतवार उनको घरमा यो कारबाही गरियो।

बेहालामात्र नभएर सोना पप्पू मामिलामा अनुसन्धान गर्ने क्रममा आइतवार बालीगञ्जमा पनि छापा मारियो। कोलकाता पुलिसकाउपायुक्त शान्तनु सिंह विश्वासकोआवासमा पनि जाँच एजेन्सीको टीम पुग्यो। शान्तनु पूर्वमा कालीघाट थानाका प्रभारी रहिसकेका छन्। यो समाचार लेखुञ्जेलसम्म अधिकारीहरूको कारबाही भइरहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande