महिला आरक्षण विधेयकको विरोधमा कंग्रेस नेतृत्वाधिन इण्डी गठबन्धनमाथि एनडीएको प्रहार
महिला आरक्षण विधेयकको विरोधमा कंग्रेस नेतृत्वाधिन इण्डी गठबन्धनमाथि एनडीएको प्रहार


गुवाहाटी, 19 अप्रेल (हि.स.)। संसदमा नारी शक्ति वन्दन संशोधन विधेयकको विरोध गरेकोमा एनडीए नेतृत्वले कंग्रेस नेतृत्वाधिन इण्डी गठबन्धनमाथि चर्को प्रहार गरे। एनडीए नेताहरूले आरोप लगाए, राजनीतिक लाभको लागि यस महत्वपूर्ण विधेयकको विरोध गरिरहेको छ।

आइतवार अटल बिहारी वाजपेयी भवनमा आयोजित एक सम्वाददाता सम्मेलनमा भाजपाका प्रदेश अध्यक्ष एवं सांसद दिलीप सैकियाले भने, इण्डी गठबन्धन महिला सशक्तिकरण चाहँदैन। यस मुद्दामा उनीहरूले राजनीतिकरण गरिरहेका छन्। उनले आरोप लगाए, विपक्ष देशमा महिला शक्तिको उत्थानलाई रोक्न चाहन्छ।

सैकियाले यो पनि भने, संसदभित्र महिलाहरूप्रति न्यूनतम सम्मान तथा गरिमालाई पनि कंग्रेस नेतृत्वाधिन गठबन्धनले हेर्न सकेन। उनले भने, यस विधेयकको विरोध गरेर विपक्षले देशेका आमा तथा महिलाहरूप्रति असम्मानको परिचय दिएको छ।

एनडीए नेतृत्वले दोहोऱ्यायो, महिला आरक्षण विधेयक महिलाहरूको राजनीतिक सहभागितालाई बढ़ाउने दिशामा एक महत्वपूर्ण कदम हो।ि संकीर्ण राजनीतिक स्वार्थको कारणले प्रगतिशील सुधारहरूमा बाधा दिएको आरोप समेत उनले विपक्षमाथि लगाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande