उत्तरपाड़ामा माध्यमिक परीक्षार्थी गंगामा डुबे, नवद्वीपमा दुईजना कलेज विद्यार्थी बेपत्ता
उत्तरपाड़ामा माध्यमिक परीक्षार्थी गंगामा डुबे, नवद्वीपमा दुईजना कलेज विद्यार्थी बेपत्ता


हुगली, 19 अप्रेल (हि. स.)। गंगामा नुहाउने क्रममा भएको एक दुर्घटनामा हुगली जिल्लाको उत्तरपाड़ामा एकजना माध्यमिक परीक्षार्थीको डुबेर मृतयु भयो भने नदिया जिल्लाको नवद्वीपमा दुईजना कलेजका विद्यार्थीहरू बेपत्ता भए। दुवै दुःखदायी घटनाको कारणले दुवै क्षेत्र गहिरो शोकमा डुबेको छ। साथै मानिसहरू चिन्तित पनि भएका छन्।

प्राप्त जानकारी अनुसार यो घटना उत्तरपाड़ाको पंचाननतला घाटमा भएको हो। मृतक छात्रको पहिचान अंकुश दत्ताको रूपमा भएको छ जो स्थानीय अमरेन्द्र विद्यालयका माध्यमिक परीक्षार्थी थिए।

आइतवार तिनी आफ्ना साथीहरूसित घुम्न गएका थिए। यसै अवधि चारजना साथीहरू पंचाननतला घाटमा पुगे जहाँ गंगामा नुहाउने निर्णय लिए।

भनिन्छ, अंकुश र अर्को एकजना किशोर गंगामा पसे भने अन्य दुईजना घाटको सिँड़ीमै बसेका थिए। क्षणभरमै दुवै किशोर गहिरो पानीमा डुबे अनि गुहार माग्दै चिच्याउन थाले। त्यहाँ उपस्थित एकजना स्थानीय व्यक्तिले उनीहरूलाई बचाउनको लागि गमछा फाले, तर अंकुशलाई पानीको तीव्र धाराले बगायो।

घटनापछि कोकोहोलो मचियो। स्थानीय मानिसहरूले तुरून्तै पुलिसलाई सूचित गरे। परिवार अनुसार धेरै बेरसम्म पनि पुलिस घटनास्थलमा आइपुगेन न त गोताखोरहरूलाई समयमा उतारियो। आशंका व्यक्त गरिँदैछ, तीव्र प्रवाहमा बगेको कारणले अंकुशको मृत्यु भएको हो।

अर्कोतिर नदिया जिल्लाको नवद्वीपमा पनि दुईजना कलेजका विद्यार्थीहरू गंगामा नुहाउने क्रममा बेपत्ता भएका छन्। प्रारम्भिक जानकारी अनुसार उनीहरू पनि नुहाउनको लागि नदीभित्र पसेका थिए जसपश्चात उनीहरूको कुनै पत्तो लागेको छैन। प्रशासनले खोजी अभियानलाई जारी राखेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande