
पूर्व बर्दवान, 19 अप्रेल (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले आइतवार पूर्व बर्दवान जिल्लाको मन्तेश्वरमा आयोजित एक चुनावी सभालाई सम्बोधन गरिन्। यो सभा मन्तेश्वर विधानसबा क्षेत्रबाट तृणमूल कंग्रेसका उम्मेद्वार सिद्दिकुल्ला चौधरीको समर्थनमा आयोजना गरिएको थियो।
सभालाई सम्बोधन गर्दै ममता ब्यनर्जीले भाजपामाथि धारिलो प्रहार गरिन्। उनले भने, भर्खरै लोकसभामा भाजपाको “नाक काटियो” र अब उसले आफ्नो छविलाई बचाउने प्रयास गरिरहेको छ। उनले आरोप लगाइन्, भाजपाले महिलाहरूको अधिकारको कुरा त गर्छ, तर उसको उद्देश्य सफा छैन। उनले यो पनि प्रश्न उठाइन्, पछिल्लो वर्ष 2023-मा पारित महिला आरक्षण विधेयकलाई अहिलेसम्म किन लागू नगरिएको?
मुख्यमन्त्रीले यो पनि आरोप लगाइन्, भाजपाले बाहिरबाट आएका प्रवासी मजदुरहरूलाई उनीहरूको धार्मिक ग्रन्थको शपथ दिलाएर आफ्नो पक्षमा मोट दिनको लागि प्रभावित पारिरहेको छ।
साथै ममता ब्यनर्जीले पार्टीभित्रको असन्तोषलाई लिएर पनि कड़ा सन्देश दिइन। उनले कसैको नाम उच्चारण नगरी तृणमूल नेता अहमद हुसैन शेखलाई लक्षित गर्दै भनिन्, केही मानिसहरू यतिसम्म साहसी भइसकेका छन् कि उनको सभामा समेत सामेल भइरहेका छैनन्। उनले चेताउनी दिए, पार्टीको लागि काम गर्ने तथा भाजपालाई सहयोग गर्नेहरूलाई पार्टीबाट निष्कासित गरिनेछ।
स्मरण गराइन्छ, मन्तेश्वरमा उम्मेद्वार सिद्दिकुल्ला चौधरी र स्थानीय नेता अहमद हुसैन शेखबीच मतभेद भएको समाचार प्रकाशमा आएको छ जसले गर्दा केही कार्यकर्ताहरू चुनाउ प्रचार गर्नदेखि टाँड़िएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा