सिग्नलको समस्याले अभिषेकको हेलिकप्टर सागरमा दश मिनटसम्म फस्यो
सिग्नलको समस्याले अभिषेकको हेलिकप्टर सागरमा दश मिनटसम्म फस्यो


दक्षिण 24 परगना, 19 अप्रेल (हि. स.)। तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीको हेलिकप्टर सागरमा आयोजित जनसभापछि नन्दीग्राम तर्फ उड़्ने क्रममा सिग्नलको समसयाले लगभग दश मिनटसम्म फस्यो। आइतवार अपरान्ह अभिषेक दक्षिण 24 परगनाको सागर विधानसभा क्षेत्र अन्तर्गत गंगासागरको कालीगिरी मैदानमा तृणमूल उम्मेद्वार बंकिम चन्द्र हाजराको समर्थनमा चुनावी सभामा सामेल हुन आएका थिए।

सूत्र अनुसार अभिषेक ब्यनर्जी आइतवार हेलिकप्टर मार्फत सागरमा पुगे अनि निश्चित समयको हिसाबले जनसभालाई सम्बोधन गरेपछि उनलाई अर्को सभाको लागि नन्दीग्राम जानुथ्यो, तर सिग्नलको समस्याले गर्दा हेलिकप्टर उड़्नअघि नै केही समयसम्म जमीनमा फसिरह्यो। यस्तो समस्या लगभग दस मिनटसम्म जारी रह्यो।

प्रशासनिक सूत्र मुताविक यो पूर्ण रूपले यान्त्रिकी समस्या थियो। सुरक्षाको दृष्टिले भएको गड़बड़ी थिएन। तर सबै समस्याहरूको चाँड़ै समाधान गरेियो। त्यसपछि अभिषेक ब्यनर्जी निश्चित समयमा नन्दीग्राम तर्फ प्रस्थान भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande