सतियामा दुुई चोर समातिए
सतियामा दुुई चोर समातिए


बिश्वनाथ (असम), 19 अप्रेल (हि.स.)। सतिया क्षेत्रमा विभिन्न समयमा चोरीका घटनाहरूलाई परिणाम दिने दुईजना चतुर चोरहरूलाई पुलिसले अन्ततः पक्राउ गरेको छ।

मामिला त्यसबेला सामु आयो जतिबेला सतिया नगरपालिकाको फोहोर निष्कासन वाहनलाई स्थानीय मध्य विद्यालय परिसरमा राखिएको थियो। नगरपालिकाका एकजना कर्मचारीले वाहनको ब्याट्री हराएको थाहा पाएपछि घटनाको सूचना तत्काल सम्बन्धित अधिकारीहरूलाई दिए।

सोही सूचनाको आधारमा पुलिसले घटनाको अनुसन्धान गऱ्यो अनि घटनास्थलमा रहेको सीसीटीभी क्यामराको फुटेज जाँच गऱ्यो। क्यामरामा चोरीको सम्पूर्ण घटना कैद भएको थियो जसबाट आरोपीलाई चिन्हित गर्न सहय भयो।

पुलिसले कारबाही गर्दै रमजान अली र इन्ताज अली नामक दुईजना चतुर चोरहरूलाई पक्राउ गऱ्यो। दुवै आरोपीलाई न्यायिक हिरासतमा पठाइएको छ भने पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande