
गुवाहाटी, 19 अप्रेल (हि.स.)। असम प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले आइतवार विपक्षी नेता अखिल गोगोईमाथि प्रहार गर्दै भने, उनले चुनाउ परिणाम घोषणा हुन अगावै आफ्नो इण्डी गठबन्धनको हारलाई स्वीकार गरिसकेका छन्।
अखिल गोगोईको हालैको बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै सैकियाले आरोप लगाए, उनको टिप्पणीले समाजलाई विभाजन गर्ने मानसिकतालाई दर्शाउँछ। सैकियाले आज भाजपा कार्यालयमा सम्वाददाता सम्मेलनपछि पत्रकारहरूसित विशेष बातचित गरिरहेका थिए।इण्डी गठबन्धनद्वारा आज आयोजित भोजमाथि टिप्पणी गर्दै उनले भने, सरकार बनाउनु त टाड़ाको कुरा, कंग्रेसको लागि यो “अन्तिम भोज” साबित हुनेछ।
भाजपा नेताले यो पनि दाबी गरे, आगामी 4 मईपछि कंग्रेस “आईएनसी (एम)” हुनेछ जसबाट उनको आशय पार्टीको संकुचित जनाधार (एमसित उनको तात्पर्य मात्र मुस्लिम समुदायबीच)-हो। सैकिया अनुसार कंग्रेसको अस्तित्व अब केवल मुस्लिम बहुल क्षेत्रसम्म सीमित रहनेछ जबकि असमिया बहुल क्षेत्रहरूमा पार्टी र इण्डी गठबन्दनको कुनै प्रभाव रहनेछैन।
उनले कंग्रेस र इण्डी गठबन्धमाथि मुस्लिम तुष्टिकरणको राजनीति गरेको तथा स्वदेशी विरोधी नीति अप्नाएको आरोप लगाउँदै भने, यस्तै कारणले राज्यमा कंग्रेसको जनाधार अझ कमजोर भएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा