
गुवाहाटी, 19 अप्रेल (हि.स.)। पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)- को रेलवे सुरक्षा बल (रेसुब)-ले विभिन्न स्थानहरूमा संचालित सफल अभियानहरूको माध्यमबाट यात्री सुरक्षा सुनिश्चित गर्नेप्रति आफ्नो अटुट प्रतिबद्धतालाई फेरि एक पटक प्रदर्शित गरेको छ।
पूसीरेका सीपीआरओ कपिञ्जल किशोर शर्माले आज बताए, गत 13 अप्रेलको दिन रंगिया सीपीडीएसको एक टीमले ट्रेन संख्या 15930 डाउनमा सवार एकजना व्यक्तिलाई एकजना यात्रीको सामान चोरी गरेको आरोपमा पक्राउ गरियो जसको कब्जाबाट लगभग 40,000 रुपियाँको मोबाइल फोन जफत गरियो। जफत गरिएको सामान सहित आरोपीलाई जीआरपी/रंगिया कहाँ सुम्पिइयो जहाँ भारतीय न्याय संहिता (बीएनएस)- को प्रासंगिक धारा अन्तर्गत मामिला दर्ता गरियो।
यसबीच गत 14 अप्रेलको अभियानमा रेसुब /पोस्ट/कटिहार (पूर्व)-का जवानहरूले कटिहार रेलवे स्टेशनमा एकजना व्यक्तिलाई पक्राउ गरे। उक्त व्यक्तिबाट 15 हजार रुपियाँको एउटा चोरेको मोबाइल जफत गरियो। आरोपीलाई पछि जीआरपी/कटिहारलाई सुम्पिइयो जहाँ भारतीय न्याय संहिता (बीएनएस)- को उपयुक्त धारा अन्तर्गत मामिला दर्ता गरियो।
सोही दिन सीपीडीएस/गुवाहाटीका रेसुब कर्मीहरूले गुवाहाटी रेलवे स्टेशनमा एकजना व्यक्तिलाई सफलतापूर्वक पक्राउ गरे। टीमले उसको कब्जाबाट लगभग 15 हजार रुपियाँको एउटा चोरेको मोबाइल जफत गरे। आरोपीलाईको जीआरपी/गुवाहाटीकहाँ सुम्पिइयो। यस मामिलामा भारतीय न्याय संहिता (बीएनएस)- को प्रासंगिक धाराहरूमा मामिला दर्ता गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा