आईप्याकको काम बन्द भएको खबर नक्कली होः तृणमूल
आईप्याकको काम बन्द भएको खबर नक्कली होः तृणमूल


कोलकाता, 19 अप्रेल (हि. स.)। चुनावी रणनीतिकार संस्था आईप्याक (इण्डियन पोलिटिकल एक्शन कमिटी)-ले राज्यका कर्मचारीहरूलाई 20 दिनको छुट्टी दिएको छ। यो सन्देश ई-मेल मार्फत दिइएको छ। आइतवार बिहानदेखि नै यस सम्बन्धमा खबरहरू बाहिरिरहेका छन् जसमा भनिएको छ, यो संस्थाले हाल राज्यमा काम गर्न बन्द गरेको छ। तथापि तृणमूल कंग्रेसले यस खबरलाई नक्कली बताएको छ।

उल्लेखनीय छ, आईप्याकले पछिल्लो लामो समयदेखिकै तृणमूल कंग्रेसको परामर्शदाता संस्थाको रूपमा काम गर्दै आइरहेको छ। तृणमूल कंग्रेसको पक्षबाट स्पष्ट पारियो, यो खबर पूर्ण रूपले “नक्कली” हो। आईप्याक योजना अनुसार चुनाउ प्रचारको काममा सक्रिय रूपमा जोड़िएको छ।

तृणमूल कंग्रेसले एक बयान मार्फत बतायो, हामीले एउटा समाचार रिपोर्ट हेऱ्यौं जसमा दाबी गरिएको छ, आइप्याकले ‘आगामी 20 दिनको लागि पश्चिम बंगालमा आफ्नो गतिविधिलाई बन्द गरेको छ।’ यो दाबी पूर्ण रूपले निराधार र भ्रम फैलाउने एक सुनियोजित प्रयास प्रतीत हुन्छ। आईप्याकको पश्चिम बंगाल टीम एआईटीसीसित पूर्ण रूपले जोड़िएको छ। राज्यभरि नै तय योजना अनुसार प्रचार अभियान जारी छ। यस प्रकारका समाचारहरू स्पष्ट रूपमा वास्तविक मुद्दादेखि अन्यत्र ध्यान मोड़्ने एक सुनियोजित प्रयास हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande