संसदमा हारको अर्थ हो भाजपा सरकारले जनताको इच्छालाई प्रतिनिधित्व गर्न सकिरहेको छैनः अखिलेश यादव
संसदमा हारको अर्थ हो भाजपा सरकारले जनताको इच्छालाई प्रतिनिधित्व गर्न सकिरहेको छैनः अखिलेश यादव


लखनऊ, 19 अप्रेल (हि.स.)। सरकारको दुर्नीतिको हार भएको छ, परिसीमन बिल पारित हुन सकेन। संसदमा हार्नुको सोझो अर्थ हुन्छ, सरकारले जनताको इच्छालाई प्रतिनिधित्व गर्न सकिरहेको छैन। सो मन्तव्य समाजवादी पार्टी (सपा)-का राष्ट्रिय अध्यक्ष एवं पूर्व मुख्यमन्त्री अखिलेश यादवले संसदमा भारतीय जनता पार्टी (भाजपा)- को नारी शक्ति वन्दन अधिनियम पारित नभएको सन्दर्भमा व्यक्त गरेका हुन्। अखिलेश यादवले आइतवार राजधानी लखनऊस्थित पार्टी मुख्यालयमा पत्रकारहरूलाई सम्बोधन गरिरहेका थिए।

उनले भने, भाजपालीहरूको सीएमएफ फर्मूला (क्रिएट मिस्ट्रेस अफ फियर) अब पुरानो भइसकेको छ। यिनीहरूको समाजमा भय अनि अविश्वास उत्पन्न गराउने सामाजिक षड़यन्त्र अब चल्दैन। भाजपालीहरू सोच्छन् कि समाजमा पुरानो सोच भएका महिलाहरूलाई आफ्नो पक्षमा पारौं, किनभने जागरूक सोच भएका कुनै पनि नारीले भाजपालाई भोट दिनेवाला छैन।

सपा अध्यक्षले भने, भाजपाले यस बिलको माध्यमबाट महिलाहरूको एकतामा फाँटो ल्याएर उनीहरूलाई ठग्न चाहन्थ्यो। भाजपाले नारीलाई नारा बनाउने प्रयास गरिरहेको थियो, तर विपक्षले उसको यस्तो उद्देश्यलाई धूलो चाट्न बाध्य बनाइदियो। हामी महिला बिलको विरोधमा थिएनौं, भाजपाको शोषणकारी शैलीको विरोधमा थियौं जसको उद्देश्य खराब थियो। उनले भने, गणना नै गल्ती भएपछि आरक्षण कसरी सही हुन्छ? उनले भने, भाजपाले जनगणना नै गर्न सक्दैन भने महिलाहरूलाई आरक्षण कसरी दिनेछ?

अखिलेशले भने, विद्यार्थी मोर्चाको नै चुनाउ भएन भने राजनीतिको नर्सरी नै मानिन्छ। हाम्रो पुरूष प्रधान समाजमा महिलाहरूलाई राजनीतिमा आउनदेखि रोक्नका लागि विभिन्न प्रकारको षड़यन्त्र गरिन्छ। उनले भने, महिला आरक्षणलाई लागू गर्नको लागि पुख्ता तयारी होस्। सरकारसित हाम्रो भनाइ यति मात्र थियो कि जबसम्म जनगणना हुँदैन तबसम्म महिला आरक्षण हुँदैैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande