
हुगली, 19 अप्रेल (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आइतवार हुगली जिल्लाको तारकेश्वरस्थित विवेकानन्द सेवा केन्द्र स्पोर्ट्स कम्प्लेक्समा आयोजित चुनावी जनसभाबाट भारतीय जनता पार्टी (भाजपा)-माथि चर्को हमला गरिन्। उक्त जनसभामा तारकेश्वरका उम्मेद्वार रामेन्दु सिंहराय, हरिपालकी उम्मेद्वार करबी मान्ना औ सिंगूरका उम्मेद्वार बेचाराम मान्ना पनि उपस्थित थिए। तीनै विधानसभा क्षेत्रका तृणमूल उम्मेद्वारहरूको समर्थनमा संयुक्त सभा आयोजना गरिएको थियो।
सभालाई सम्बोधन गर्दै ममता ब्यानर्जीले आरोप लगाइन्, उनको पार्टीका कार्यकर्ताहरूलाई धम्की एवं डर देखाइरहेको छ। उनले भनिन्, तृणमूल कंग्रेसको पक्षमा काम गर्नेहरूलाई भाजपाले डर देखाइरहेको छ।
महिला आरक्षण विधेयकमाथि केन्द्र सरकारको आलोचना गर्दै उनले भनिन्, यो वास्तवमा महिलाहरूको अधिकारसित सम्बन्धित विधेयक होइन, परिसीमनसित सम्बन्धित एउटा षड़यन्त्र हो। उनले आरोप लगाइन्, भाजपाले चुनाउअघि जनतालाई भ्रमित पार्नको लागि यस किसिमको कदम उठाइरहेको छ।
यसको साथै उनले प्रवर्तन निदेशालय (ईडी) र केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई)- को बढ़्दो सक्रियतामाथि पनि प्रश्न उठाइन्। ममताले भनिन्, आखिर दिनहुँ ईडीको छापामारी किन भइरहेको छ? उनले आरोप लगाइन्, भाजपाले यी केन्द्रिय एजेन्सीहरूलाई प्रयोग गरी राजनीतिक विरोधीहरूलाई डर देखाउने चेष्टा गरिरहेको छ।
मुख्यमनत्रीले स्पष्ट पारिन्, बंगालका जनता कुनै पनि प्रकारको दबावमा आउने छैनन्। यसको जवाफ हिंसाबाट होइन मतदानको माध्यमबाट दिनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा