
सिलगढ़ी, 02 अप्रेल (हि.स.)। सिलगढ़ीमा विधानसभा चुनाउ-2026 लाई लिएर राजनीतिक हावा बाफिएको छ। यसै क्रममा तृणमूल कंग्रेस उम्मेद्वार गौतम देवले आफ्नो नामांकन पत्र दर्ता गराए।
नामांकन अवधि सम्पन्न भएको ऱ्यालीमा तृणमूलका जिल्ला चेयरम्यान सञ्जय टिबरेवाल, डिप्टी मेयर रञ्जन सरकार, नगरनिगमका मेयर परिषदका सदस्य, पार्षदहरूसँगसँगै पार्टीका केही नेता, कार्यकर्ता औ समर्थकहरू सामेल भए। ऱ्यालीमा गगनभेदी नाराबाजीबीच उनीहरूले शक्ति प्रदर्शन पनि गरे जसबाट क्षेत्रको चुनावी माहोल तातियो।
नामांकन दर्ता गराएपछि गौतम देवले भने, जनताको समर्थन उनको साथमा छ। यसपालि विकासको मुददामा चुनाउ लड़िनेछ। उनले विश्वास व्यक्त गरे, सिलगढ़ीका जनताले उनलाई विजय गराउनेछन्। यसपालि चुनाउमा कुनै प्रतिस्पर्धा हुनेछैन। मतदाताहरूले पछिल्लो विधायकलाी तेस्रो स्थानमा पुऱ्याउनेछन्। उनले भने, शहरको बुनियादी ढाँचा, यातायात व्यवस्था औ विकास कार्यहरूलाई अझ मजबुत बनाउनु उनको प्राथमिकता हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा