हनुमान जयन्तीमा राज्यपाल र मुख्यमन्त्रीले पूजा-अर्चना गरे
हनुमान जयंती


गान्तोक, 02 अप्रेल (हि.स.)। हनुमान जयन्तीको शुभ अवसरमा राज्यपाल ओम प्रकाश माथुरले हनुमान टोकस्थित हनुमान मन्दिरमा समस्त विश्वको कल्याण, शान्ति एवं समृद्धिका लागि पूजा-अर्चना गरे।

यस अवसरमा मुख्यमन्त्री पीएस गोले, 17 माउण्टेन डिभिजनका जेनरल अफिसर कमाण्डिङ (जीओसी) मेजर जेनरल एमएस राठौर, विभिन्न मन्त्रीगण, राज्यका पुलिस महानिर्देशक, वरिष्ठ अधिकारीगण तथा श्रद्धालुहरूको पनि उपस्थिति रहेको थियो।

राज्यपालको उपस्थितिमा 17 माउण्टेन डिभिजनद्वारा हवन आयोजन गरियो। कार्यक्रम गणपतिको आराधना तथा भगवान् शिवको जलाभिषेकका साथ शुरु भयो। त्यसपछि राज्यपालले भक्तजनसँग हवनमा सम्मिलित भएर आहुति दिएको लोकभवनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यसपछि राज्यपाल र मुख्यमन्त्रीले हनुमान बाबाको विधिवत पूजा-अर्चना गरे। कार्यक्रममा जय श्री रामको उद्घोषले वातावरण राममय बन्यो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande