पोक्सो मामिलामा आरोपीलाई 40 हजार जरिवानासहित 20 वर्षको कठोर कारावास
पोक्सो मामिलामा आरोपीलाई 40 हजार जरिवानासहित 20 वर्षको कठोर कारावास


गान्तोक, 02 अप्रेल (हि.स.)। राभाङ्गला पुलिस थानामा दर्ता भएको एउटा पोक्सो मामिलामा आरोपी व्यक्तिलाई 40 हजार रूपियॉंको जरिवानासहित 20 वर्षको कठोर कारावासको सजाय सुनाइएको छ। नाम्ची जिल्ला निवासी आरोपी व्यक्ति विरुद्ध 27 मार्च, 2023 मा पोक्सो अधिनियम, 2012 र आईपीसीको धारा 376 अन्तर्गत मामिला दर्ता भएको छ।

नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधीक्षकले आज जारी एक प्रेस बयानमा जानकारी गराए अनुसार, 25 वर्षीय आरोपी विरुद्ध राभाङ्गला पुलिस थानामा पोक्सो अधिनियम, 2012 र आईपीसीको धारा 376 अन्तर्गत मामिला दर्ता भएको थियो। यस मामिलामा पोक्सो अधिनियम अन्तर्गत विशेष न्यायाधीशको अदालतले आरोपी व्यक्तिलाई दोषी ठहर गरेको छ। न्यायालयले आरोपी विरुद्ध 40 हजार रूपियॉं जरिवानासहित 20 वर्ष कठोर कारावासको सजाय सुनाएको छ।

यस मामिलाको छानबिन राभाङ्गला पुलिसका एसएचओले गरेका थिए, जसको लगनशील प्रयासले आरोपीलाई सजाय सुनाइएको छ। यसरी नै विशेष सरकारी वकिल र सहायक सरकारी वकिलले प्रभावकारी रूपमा अभियोजन सञ्चालन गरे, जसद्वारा पीडितलाई न्याय सुनिश्चित गर्न सकियो।

यो सजायले बालबालिकाको सुरक्षा र पोक्सो ऐन अन्तर्गत अपराधीहरू विरुद्ध कडा कारबाही गर्ने सिक्किम पुलिसको दृढ़ प्रतिबद्धतालाई रेखांकित गरेको नाम्ची पुलिसले बताएको छ। यसैगरी, नाम्ची जिल्ला पुलिसले बालबालिका विरुद्ध हुने अपराधहरूलाई कडाईका साथ सम्बोधन गरिने र समाजमा न्याय र सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै उपायहरू निरन्तर अपनाइने कुरा दोहोर्‍याएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande