सिङताम पुलिसद्वारा लागूऔषध दुरुपयोग र बेचबिखन विरुद्ध अभियान तीव्र
सिङताम पुलिसद्वारा लागूऔषध दुरुपयोग र बेचबिखन विरुद्ध अभियान तीव्र


गान्तोक, 02 अप्रेल (हि.स.)। सिङताम पुलिसले मार्च 2026 महिनामा लागूऔषध दुरुपयोग र अवैध बेचबिखन विरुद्ध अभियानलाई तीव्र बनाउॅंदै निरन्तर अभियान सञ्चालन गर्‍यो। यस क्रममा 41 लागूऔषध प्रयोगकर्ताहरूलाई पुनर्वास केन्द्रहरूमा पठाइयो भने तीन जनालाई पक्राउ गरिएको छ।

सिङताम एसएचओ किशोर छेत्रीले आज जारी प्रेस बयानमा बताए अनुसार, समाजमा, विशेष गरी युवाहरूमा लागूऔषधले निम्त्याएको गम्भीर खतरालाई पहिचान गर्दै सिङताम पुलिसले जीरो-टलरेन्सको कडा दृष्टिकोण अपनाउॅंदै निरन्तर निगरानी, ​​नाका जाँच, गुप्तचर-आधारित अपरेशनहरू र आफ्नो क्षेत्राधिकारभरि समुदायसँग घनिष्ठ समन्वय गऱ्यो। यी संयुक्त प्रयासहरूको परिणामस्वरूप 41 लागूऔषध प्रयोगकर्ताहरूलाई पहिचान गरी उनीहरूलाई परामर्श दिइयो। यसपछि, उनीहरूलाई उपचार र समाजमा पुन: एकीकरणको लागि पुनर्वास केन्द्रहरूमा पठाइयो।

यसैगरी, मार्च महिनाभरि दर्ता भएका दुई लागूऔषध सम्बन्धी मुद्दाहरूमा तीनजना अभियुक्तहरूलाई पक्राउ गरियो। उनीहरू विरुद्ध कानुनी कारबाही शुरु गरिएको छ भने जॉंच जारी रहेको छ। सिङताम पुलिसले लागूऔषध ओसारपसार र बेचबिखन विरुद्ध आफ्नो दृढ र सम्झौता नगर्ने अडान दोहोर्‍याएको छ। साथै, लागूऔषध प्रयोगकर्ताहरूको पुनर्स्थापना र सुधार सुनिश्चित गर्न पनि प्रयासहरू भइरहेको बताइएको छ।

सिङताम पुलिसले लागूऔषधसँग सम्बन्धित गतिविधिहरूमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कानुनी कारबाही गरिने चेताउनी दिएको छ। समाजबाट लागूऔषधको खतरा उन्मूलन गर्न सामूहिक प्रयासको आवश्यकमाथि जोड दिॅंदै सिङताम पुलिसले नागरिकहरूलाई पुलिससँग सहयोग र जानकारी साझा गर्न आग्रह गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande