
नलबाड़ी (असम), 20 अप्रेल (हि.स.)। बहाग बिहूको उत्सवबीच नलबाड़ी जिल्लाको घोघरापार थाना अन्तर्गत निज बर्शिरालको कटाबारी गाउँमा गए आइतवार अबेर साँझ एक हृदयविदारक घटना भयो। यहाँको पगलादिया नदीमा नुहाउन गएकी युवती र दुई जना महिला सहित तीन जना मानिसहरू पानीमा डुबे। घोगरापार पुलिसले सोमवार उक्त घटनाको पुष्टि गर्दै मामिलाको जाँच भइरहेको बताएको छ।
स्थानीय मानिसहरूले तीनै जनालाई अचेत अवस्थामा नदीबाट बाहिर निकालेर अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उनीहरूलाई मृत घोषित गरिदिए। मृतकहरूमा निज बर्शिराल गाउँ निवासी गुड्डू डेका (35, महिला) र गुवाहाटीको पाञ्जाबारी निवासी पिंकी दास (24 गुड्डू डेकाकी बहिनी) एवं रोहिता गुटुंग (27)- को रूपमा भएको छ। भनिन्छ रोहिता गुड्डूको घरमा बिहू मनाउनका लागि आएकी थिइन्।
स्थानीय मानिसहरूले आरोप लगाएका छन्, पागलादिया नदीको किनारमा बाँध बनाउनको लागि खनन कार्य अवधि ठूलो खाल्डो भएको थियो। तीनैजना नदीमा नुहाउन जाने क्रममा उक्त खाल्डोमा डुबे जसले गर्दा उनीहरूको मृत्यु भयो।
पुलिसलेे तीनै वटा शवलाई पोस्टमर्टम गर्नको लागि नलबाड़ी जिल्ला अस्पतालमा पठाइदियो। यस मामिलामा पुलिसले एक प्राथमिकी दर्ता गरी जाँच गरिरहेको छ। स्थानीय मानिसहरूले बाँध बनाउने कार्यमा लिप्त संस्थानविरूद्ध आवश्यक कदम उठाउने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा