
मुर्शिदाबाद, 20 अप्रेल (हि.स.)। पश्चिम बंगालमा चुनावी ड्यूटीमा तैनाथ केन्द्रिय बलका एक जवानले आत्महत्या गर्ने चेष्टा गरे। पुलिस अनुसार सोमवार अपरान्ह मुर्शिदाबाद जिल्लाको रेजिनगर विधानसभा क्षेत्रको शक्तिपुर थाना क्षेत्रमा सो घटना घट्यो।
जानकारी मुताविक बाजारसौ उच्च माध्यमिक हाईस्कूलमा केन्द्रिय बलको शिविर बनाइएको छ। यहीँ तैनाथ सीआरपीएफको 142औं बलाटियनका हेड कन्स्टेबलले आत्महत्या गर्ने प्रयास गरे। भनिन्छ, उक्त जवान दक्षिण भारतका निवासी हुन् जसले लगभग एक महिना अगाड़ि असममा ड्यूटी पूरा गरेर यहाँ आएका थिए।
सूत्र अनुसार जवानले आफ्नै सर्भिस राइफलले आफैमाथि गोली दागे। गोली उसको देब्रे काँधलाई छेड़ेर बाहिर निक्लियो। घटनापछि उसलाई तत्काल उपचारको निम्ति बहरमपुर मेडिकल कलेज अस्पतालमा लगियो। हाल उसको अवस्था स्थिर रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा