
पश्चिमी सिंहभूम, 20 अप्रेल (हि.स.)। पश्चिमी सिंहभूम जिल्लाको गुवा क्षेत्रमा रोजगारको मागलाई लिएर ग्रामीणहरूले सोमवार विराट आन्दोलन शुरू गरे। मुण्डा-मानकीको ब्यानरमा लगभग 12 वटा गाउँका सैकड़ौं मानिसहरू बिहान सबेरै 4 बजेदेखि नै सड़कमा उत्रेर खदानसित जोड़िेका सबै मार्गहरूलाई जाम गरिदिए।
आन्दोलनकारीहरूले साइज स्क्रीन क्षेत्र, जीरो पोइन्टर लोडिंग पोइन्टतर्फ जाने मार्गहरूलाई पूर्ण रूपले बन्द गरिदिए। यसले गर्दा खदान क्षेत्रमा यातायात पूर्णरूपले ठप्प भयो भने पहिलो पालीमा ड्यूटी जाने श्रमिकहरूको बसलाई पनि बीच बाटोमा रोकिनुपऱ्यो। दिनभरि नै लौह अयस्कको उत्पादन एवं परिवहन बाधित भयो जसबाट कम्पनीको कामकाजमाथि सोझै प्रभाव पऱ्यो।
घटनास्थलमा उपस्थित सीआईएसएफ र झारखण्ड पुलिसका जवानहरूले प्रदर्शनकारीहरूलाई सम्झाउने प्रयास गरे तर ग्रामीणहरू आफ्नो मागमा अडिग बसे। उनीहरूको आरोप छ, खदानमा वर्षौंदेखिको काम भइरहेको छ, तर स्थानीय युवाहरूलाई रोजगारमा प्राथमिकता नदिइएको कारण क्षेत्रमा बेरोजगारी तथा असन्तोष बढ़िरहेको छ।
स्थितिको गम्भीरतालाई ध्यानमा राखेरर सेल प्रबन्धनको टीम घटनास्थलमा पुग्यो। एचआर महाप्रबन्धक प्रवीण कुमार सिंह, डीजीएम (सीएसआर) अनिल कुमार औ अधिकारी अमित तिर्कीले आन्दोलनकारीहरूसित वार्ता गरे। प्रबन्धनले प्रस्ताव राखे, हरेक महिना मुण्डा-मानकी संघसित बैठक गरेर प्रत्येक गाउँबाट 2-3 जना मानिसहरूलाई रोजगार दिइनेछ, तर ग्रामीणहरूले यसलाई अपर्याप्त बताउँदै खारेज गरिदिए।
आन्दोलनकारीहरूको मुख्य माग छ, न्यूनतम पनि 5 सय जना स्थानीय बेरोजगार युवाहरूलाई रोजगार दिने लिखित आश्वासन दिइयोस्। उनीहरूको भनाइ छ, उनीहरू माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी रहनेछ।
ग्रामीणहरूले चेताउनी दिएका छन्, उनीहरूको मागमाथि कुनै ठोस निर्णय नलिए आन्दोलनलाई अझ् उग्र पारिनेछ साथै खदानको कामकाजलाई पूर्ण रूपमा लामो समयसम्मको लागि ठप्प बनाइनेछ। हालक्षेत्रको स्थिति तनाउपूर्ण छ भने प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा