
कोलकाता, 20 अप्रेल (हि. स.)। पश्चिम बंगालको राजनीतिमा नोकरी विवादलाई लिएर फेरि एकपटक राजनीतिक माहोल तातिएको छ। नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले मुख्यमन्त्री ममता ब्यानर्जीमाथि कटाक्ष गर्दै भने, राज्य सरकार योग्य उम्मेद्वारहरूलाई नोकरी दिन विफल भयो। साथै नोकरी बेच्ने तथा योग्य मानिसहरूलाी वञ्चित राख्ने काम गरिएको छ।
शुभेन्दु अधिकारीले सोमवार एक्समा जारी आफ्नो सन्देशमा आरोप लगाए, योग्य उम्मेद्वारहरूको नोकरी खोसियो अनि आफ्नो राजनीतिक छविलाई बचाउनको लागि लगातार झुटो आश्वासन दिइयो। उनले भने, सरकारलाई यस विवादबाट माथि उकाल्नको लागि पटकथा लेख्नेहरूलाई नै नोकरीको इनाम दिँइदैछ।
उनले मुख्यमन्त्रीलाई लक्षित गर्दै भने, राज्यका जनतालाई यो कुरा थाहा छ कि सरकारको प्राथमिकता रोजगार दिनु होइन, नोकरीलाई सौदाको माध्यम बनाउनु रहेको छ।
राज्यमा शिक्षक भर्ती एवं अन्य नियुक्तिहरूलाई लिएर पहिलाबाटै विवाद रहिआएको छ। यस अवस्थाा शुभेन्दु अधिकारीको यस्तो बयानले राजनीतिक माहोललाई अझ बाफिलो बनाएको छ। तृणमूल कंग्रेसको पक्षबाट यस बयानमाथि कुनै प्रतिक्रिया व्यक्त गरिएको छैन।
उल्लेखनीय छ, तृणमूलको लागि राजनीतिक सल्लाहकारको रूपमा कम गर्ने संस्था आईप्याकले बंगालमा आफ्ना कर्मचारीहरूलाई 20 दिनको छुट्टी दिएको छ। त्यसपछि गए आइतवार मुख्यमन्त्री ममता ब्यानर्जीले तारकेश्वरमा आयोजिक एक जनसभाको मञ्चबाट घोषणा गरेकी छन्, यदि आईप्याकले बंगलका आफ्ना कर्मचारीहरूलाई काममा राखेन भने उनले उनीहरूको लागि नोकरीको व्यवस्था गरिदिनेछन्। यसैलाई लिएर शुभेन्दु अधिकारीले आरोप लगाएका छन्, जुन संस्थाका मानिसहरूले बंगालमा नोकरी बेचेको पटकथा लेख्यो, उसैलाई मुख्यमन्त्रीले नोकरी दिने कुरा गरिरहेकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा