
कोलकाता, 21 अप्रेल (हि. स.)। पश्चिम बंगाल विधानसभा चुनाउ-2026 लाई मध्यनजर गर्दै चुनाउ आयोगले मतदान हुन दुई दिनअघिबाटै बाइक चलाउनलाई लिएर कड़ा प्रतिबन्ध लागू गरिएको छ। चुनाउ आयोगले मंगलवार जारी एक अधिसूचनामा बताएको छ, मतदान हुनअघि कुनै पनि प्रकारको बाइक ऱ्याली गर्ने अनुमति दिइनेछैन। साथै साँझ 6 बजीदेखि बिहान 6 बजीसम्म बाइक चलाउनमा रोक लगाइएको छ। मतदानको दिन पनि बाइक उपयोग गर्नको लागि नियमहरूलाई पालन गर्नुपर्छ।
आयोगले स्पष्ट पारेको छ, आपत स्थिति जस्तै चिकित्सा कार्य, पारिवारिक आवश्यकता वा बाल-बालिकाहरूलाई विद्यालय लैजाने-ल्याउने मामिलामा यो प्रतिबन्ध लागू हुनेछैन। सामाजिक कार्यक्रमहरूमा जाने मानिसहरूलाई पनि छुट दिइएको छ। यस अतिरिक्त एप आधारित यात्रा सेवाहरूमाथि यो नियम लागू हुनेछैन।
यदि कुनै व्यक्तिले विशेष परिस्थितिमा प्रतिबन्धदेखि छुट चाहन्छ भने उसले स्थानीय थानाबाट लिखित अनुमति लिनुपर्छ।
राज्यको मुख्य निर्वाचन अधिकारी कार्यालयलाई निर्देश दिइएको छ, यी प्रतिबन्धहरूको व्यापक प्रचार समाचार पत्र, दूरदर्शन च्यानलहरू तथा सामाजिक माध्यमबाट गरियोस्। आयोगले स्वतन्त्र र निष्पक्ष मतदान सुनिश्चित गर्नका लागि यी नियमहरूलाई कड़ाई पूर्वक पालन गराउन भनेको छ।
राज्यमा पहिलो चरणको मतदान आगामी 23 अप्रेल, बिहिवारको दिन 152 वटा विधानसभा क्षेत्रमा हुन गइरहेको छ। यसको लागि सम्बन्धित क्षेत्रहरूमा गए सोमवारदेखि नै बाइक सम्बन्धि प्रतिबन्ध लागू गरिएको छ। दोस्रो चरणको मतदान आगामी 29 अप्रेलको दिन 142 वटा सीटहरूमा हुनेछ जसको लागि आगामी 27 अप्रेलदेखि प्रतिबन्ध प्रभावकारी हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा