असम चुनाउः मतगणनालाई सुचारू रूपमा सञ्चालन गर्नको लागि गुवाहाटीमा प्रशिक्षण आयोजित
असम चुनाउः मतगणनालाई सुचारू रूपमा सञ्चालन गर्नको लागि गुवाहाटीमा प्रशिक्षण आयोजित


गुवाहाटी, 25 अप्रेल (हि.स.)। असम विधानसभाको लागि आम चुनाउ- 2026 को मतगणना प्रक्रियाको सुचारू सञ्चालनलाई सुनिश्चित गर्ने उद्देश्यले शनिवार गुवाहाटीको होटल ऱ्याडिसन ब्लूमा जिल्ला निर्वाचन अधिकारीगण, रिटर्निङ्ग अधिकारीगण औ निर्वाचन अधिकारीगणको लागि एक प्रशिक्षण कार्यक्रम आयोजना गरियो।

मुख्य निर्वाचन अधिकारी, असमको तत्वावधानमा आयोजित सो कार्यक्रममा भारत निर्वाचन आयोगको दिशानिर्देश अनुरूप मतगणना प्रक्रियाको विस्तृत योजना र त्यसको कार्यान्वयनका विभिन्न पक्षहरूलाई सामेल गरियो।

कार्यक्रममा मुख्य निर्वाचन अधिकारी (असम) अनुराग गोयलले अतिरिक्त मुख्य निर्वाचन अधिकारी औ संयुक्त मुख्य निर्वाचन अधिकारीहरूसित संसाधन व्यक्तिको रूपमा भाग लिए।

मुख्य निर्वाचन अधिकारीले सबै सम्बन्धित अधिकारीहरूलाई निर्देश दिए, उनीहरूले मतगणना प्रक्रियालाई भारत निर्वाचन आयोगको दिशानिर्देशलाई कड़ाईपूर्वक पालन गर्दै सञ्चालन गरुन्। उनले मतगणना प्रक्रिया अवधि ईभीएम र भीभीप्याटको प्रबन्धनमा विशेष सतर्कता अप्नाउने आवश्यकतामाथि बल दिए।

प्रशिक्षण कार्यक्रममा सबै प्रमुख पाटो र पक्षहरूलाई सामेल गरियो जसमा डाक मतपत्र एवं ईभीएमको गणना, स्ट्रङ्ग रूमलाई खोल्ने अनि सामग्रीलाई मतगणना कक्षहरूसम्म पुऱ्याउने, मतगणना कर्मीहरूको तैनाथी तथा प्रशिक्षण, मतगणना एजेन्टहरूलाई पहिचान पत्र जारी गर्नु, अग्नि सुरक्षा उपाय, मीडिया प्रबन्धन, औ मतगणनापछि ती प्रक्रियाहरू सामेल थिए जसलाई निर्धारित समय-सीमाभित्रमा पूरा गरिनु छ।

सत्र अवधि प्रतिभागीहरूलाई मतगणना प्रक्रियाका विभिन्न पक्षहरूसित सम्बन्धित आफ्ना शङ्काहरूलाई स्पष्ट पार्ने अवसर पनि दिइयो। प्रशिक्षण कार्यक्रममा सबै जिल्लाका अदिकारीहरूले भाग लिएका थिए।

कार्यक्रम समापनको अवसरमा मुख्य निर्वाचन अधिकारीले विश्वास व्यक्त गरे, सबै सम्बन्धित अधिकारीहरूको समर्पण र पूर्ण सहयोगले मतगणना प्रक्रियाको सञ्चालन सुचारू रूपमा तथा सफलतापूर्वक सम्पन्न हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande