
बहराइच, 25 अप्रेल (हि.स.)। कङ्ग्रेस सांसद राहुल गान्धी औ समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अखिलेश यादवको प्रतीकात्मक पुतला दहन गर्दै गर्दा सदर भाजपा विधायक अनुपमा जायसवाल पनि आगोको चपेटमा परिन्। उनलाई हतार-हतार उपचारको निम्ति मेडिकल कलेजमा भर्ती गरियो।
भाजपाले संसदमा नारी वन्दन अधिनियमको विरोध गर्ने विपक्षी दलहरूको विरोधमा प्रदर्शन आयोजना गरेको थियो। यस प्रदर्शनमा सदर भाजपा विधायक अनुपमा जायसवाल पनि सामेल भएकी थिइन्। पुतला दहन गर्ने क्रममा तीव्र हावा आएको कारणले आगोको ज्वाला भाजपा विधायक अनुपमा जायसवालको अनुहारसम्म पुग्यो जसमा उनी जलिन्। घटनास्थलमा उपस्थित कार्यकर्ताहरूले उनलाई बचाएर हतार-हतार मेडिकल कलेजमा भर्ती गराए। उनको उपचार भइरहेको छ। घटनाको सूचना पाएर जिल्लाधिकारी अक्षय त्रिपाठी एवं पुलिस अधीक्षक विश्वजीत श्रीवास्तवले मेडिकल कलेज पुगेर विधायकको स्वास्थ्य बारे जानकारी लिए। जिल्लादिकारीले सीएमएसलाई विधायकको सर्वोत्कृष्ट उपचार गर्ने निर्देश दिएका छन्। यस अवधि ठूलो सङ्ख्यामा भाजपा कार्यकर्ताहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा