आरामबागको दौड़ाहमा पुगे मुख्य चुनाउ अधिकारी मनोज अग्रवाल
आरामबागको दौड़ाहमा पुगे मुख्य चुनाउ अधिकारी मनोज अग्रवाल


हुगली, 25 अप्रेल (हि.स.)। हुगली जिल्लाको आरामबागमा शनिवार भएको मुख्य चुनाउ अधिकारी मनोज अग्रवालको भ्रमणलाई लिएर प्रशासनिक खैलाबैला तीव्र भयो। जानकारी अनुसार उनी शनिवार आरामबाग पुगे। यहाँको पल्लीश्रीस्थित हेलीप्याडमा उत्रेर उनी सोझै एक स्थानीय गेस्ट हाउस तर्फ प्रस्थान भए।

सूत्र मुताविक गेस्ट हाउसमा उनले चुनाउसित सम्बन्धित एक महत्वपूर्ण बैठक गरे। यस बैठकमा आगामी चुनाउको तयारी, कानून व्यवस्थाको स्थिति तथा मतदान प्रक्रियालाई सुचारू रूपमा सम्पन्न गराउने मुद्दाहरूमाथि विस्तार पूर्वक चर्चा गरियो।

भनिन्छ, बैठकमा प्रशासनिक अधिकारीहरूसित विभिन्न पक्षहरूको समीक्षा गरियो अनि आवश्यक निर्देश पनि दिइयो। विशेष रूपमा यस कुरामाथि बल दिइयो कि चुनाउ अवधि कुनै पनि प्रकारको अव्यवस्था नहोस् अनि मतदान शान्तिपूर्ण ढङ्गमा सम्पन्न होस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande