अण्डालमा बेपत्ता युवकको शव तलाउबाट निकालियो
अण्डालमा बेपत्ता युवकको शव तलाउबाट निकालियो


आसनसोल, 27 अप्रेल (हि. स.)। पश्चिम बर्धमान जिल्लास्थित मुच्छबाँध तलाउबाट बेपत्ता भएका एकजना युवकको शव बाहिर निकालियो। यस घटनापछि क्षेत्रको वातावरण त्राषपूर्ण भएको छ। मृतकको पहिचान 35 वर्षीय रवी घोषको रूपमा भएको छ जो गए आइतवार अपरान्हदेखि नै बेपत्ता भएका थिए। सोमवार बिहान स्थानीय मानिसहरूले तिनको शवलाई तलाउमा तैरिरहेको देखेर पुलिसलाई सूचना दिए।

पुलिस र स्थानीय सूत्र अनुसार रवी घोषको घर बिधान नगर क्षेत्रमा अवस्थित छ भने तिनी अण्डाल गाउँको घोषपाड़ामा आफ्नो ससुरालीमा आएका थिए। स्थानीय मानिसहरूको भनाइ छ, रवी प्रायजसो नै मातेको अवस्थामा हुन्थे। आइतवार अपरान्ह पनि तिनी मातेकै अवस्थामा तलाउमा नुहाउन गएका थिए। यसै अवधि तिनी पानीमा डुबे।

परिवारजनले आइतवार तिनलाई सबैतिर खोजे, तर कतै पनि कुनै सुइँको लागेन। सोमवार बिहान लगभग 5 बजे स्थानीय मानिसहरूले उनको शव तलाउमा तैरिरहेको देखे।

सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले स्थानीय मानिसहरूको सहयोगमा शवलाई बाहिर निकालेर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो।

शुरुआती जाँचमा मानिँदैछ, मातेर पानीमा पसेको कारणले यो दुर्घटना भएको हो। तथापि अन्य कारणहरूको पनि जाँच गरिँदैछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande